काठमाडौं- काठमाडौंबाटै एक युवक अपहरणमा परेको तीन दिनपछि उद्धार गरिएको छ।
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ घर भई भक्तपुर लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारी कोटश्वरस्थित मनोहरा खोलामा भेटिएका हुन्।
हात र खुट्टामा डोरीले बाँधेर मुखमा पट्टी लगाएर बोहोस खोलामा फालिएको अवस्थामा उनलाई प्रहरीले मंगलबार उद्धार गरेको हो।
'बचाउ बचाउ' भन्ने आवाज सुनेपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको मनोहरा खोलबाट उनलाई उद्धार गरेको हो।
उद्धार गरेको बेला उनी बेहास अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
भण्डारीलाई आइतबार लोकन्थलीबाट ३ जना अपरिचित व्यक्तिहरुले नम्बर नखुलेको भ्यानमा जबरजस्ती राखेर ३ दिनसम्म उक्त गाडीमै राखेर विभिन्न ठाउँमा घुमाएर मनोहरा खोलमा फ्यालेको पाइएको प्रहरीले जनाएको छ।
अपरण गर्ने व्यक्तिको अहिलेसम्म पहिचान हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।