• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोजगारीका नाममा तस्करी-१ : नेपाली कामदार यसरी पुग्छन् युद्धग्रस्त लिबिया

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १९:०४
1140x725

काठमाडौं- कामको खोजीमा हरेक दिन १ हजारभन्दा बढी नेपाली युवा विश्वका विभिन्न मुलुकमा पुग्ने गरेका छन्। 

अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओ) तथा इजिप्टको कायरोस्थित नेपाली दूतावासका अनुसार हरेक महिनाजसो ६ जनाभन्दा बढी युवा मानव तस्करको पन्जामा परेर युद्धग्रस्त मुलुक लिबियामा फस्ने गरेका छन्। 
 
वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता भएका युवालाई मानव तस्करले विभिन्न प्रलोभनमा पारेर फसाउने गरेका पनि नयाँ विषय होइन। युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाईका प्रलोभन देखाएर मानव तस्करले युवालाई कसरी फसाउने गरेका छन् भन्ने कुरा केलाउनु यो सामग्रीको मुख्य ध्येय हो। मानवतस्करका पञ्जामा कसरी पर्छ्न नेपाली युवा? यो प्रश्न उठ्ने गरेको छ। हामीले युद्धग्रस्त लिबियामा फसेर फर्किएका युवाहरुसँग कुराकानी गरेका छौँ। 

000 

सैनामैना-१० रुपन्देहीका गणेश थापामगर मानव तस्करको पन्जामा परेर युद्धग्रस्त लिबियामा ७ महिना बन्धक जीवन बिताएर फर्काइएका युवा हुन्। 

सरकारले प्रतिबन्ध लगाएको मुलुक लिबियामा गणेशलगायत १५ जना युवा एकैपटक फसेका थिए।

दलालको प्रलोभनको पासोमा परेका गणेश थापामगर सहित १५ जनालाई राम्रो काम र कमाइको प्रलोभन देखाएर अवैधानिक बाटो हुँदै गैरकानुनी रुपमा लिबिया पुर्‍याइएको रहेछ। नेपालबाट भारतको बाटोहुँदै लिबिया लैजाने र भारतको बाटो हुँदै जान नमान्नेलाई भिजिट भिसाको सेटिङमा लिबिया पुर्याउने गरिएको उनीहरूले बताएका छन्। 

वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेर फर्किएका र खाडीभन्दा राम्रो कमाई हुने मुलुक भए रोजगारीका लागि सो मुलुकमा जाने सोच बनाइरहेका युवा लिबियाको रोजगारीका नाममा फस्ने गरेको पाइएको छ। 

युद्धग्रस्त लिबियाको त्रिपोलीस्थित ७ महिनाभन्दा बढी अवधि बन्धक जीवन बिताएर फर्किएका गणेशबहादुर थापामगर पनि पहिलो पटकको वैदेशिक रोजगारीका लागि लिबिया नै पुगेका होइनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

युएईमा लेबर कामका लागि पुगेर नेपाल फर्किएका गणेशले देशमै काम गर्ने सोच नबनाएका पनि होइनन्। 'विदेश नजाने सोच बनाएर बंगुर फारम सुरु गरिसकेको थिएँ, बंगुर फारमको काम गर्दागर्दै प्रलोभनमा परेर लिबिया जाने प्रोसेस सुरु गरेँ,' गणेशले भने। 

कसरी पुगे लिबिया? 
रुपन्देहीमा बङ्गुर फारम खोलेर गणेशले व्यवसाय सुरु गरिसकेका थिए। तीन बंगुरबाट सुरु गरेको व्यवसायमा अझै धेरै वटा बङ्गुरका पाठा किनेर व्यवसाय विस्तार गर्ने सोच बनाइरहेका गणेशले छिमेकीहरुसँग ऋण मागे। 

बङ्गुरपालनका लागि कसैले पनि उनलाई ऋण पत्याएनन्।

000

त्यसैबेला उनलाई पहिले रोजगारीमा युएई  पुर्याउने एक एजेन्टसँग उनको पुनः सम्पर्क भयो। ‘लिबियाबाट निकै राम्रो कामको डिमान्ड आएको छ, जाने हो?’ उनको अफर थियो।

‘कस्तो काम हो, कमाई कति हुन्छ?’ गणेशले एजेन्ट अमरबहादुर बगालेलाई सोधे। 

‘लिबियाको डेरी मिल्क कम्पनीमा ड्राइभिङ गर्ने, कमाई मासिक १ हजार अमेरिकी डलर। धेरै राम्रो छ, यो कामको लागि जान ५ लाख लाग्छ,’ एजेन्ट अमरबहादुर बगालेले सुनाए। 

'बंगुर फारममा ३ वटा बङ्गुरका पाठा पालेर बस्नुभन्दा त लिबिया जान्छु। मासिक १ हजार अमेरिकी डलर कमाउने भए त ५ लाख ऋण त सजिलै तिरिएला नि!' गणेशले लिबिया जाने सोच बनाए। 

त्यहाँ जान लाग्ने ५ लाख उनी आफूसँग थिएन। छिमेकी र चिनजानका साथीसँग मागे। लिबिया जाने काम र कमाई राम्रो छ सबै सुनेपछि छिमेकी र चिनजानका साथीले सजिलै ऋण दिए।

‘देशमै केही गर्छुभन्दा ऋण नपत्याउने साथीले विदेश जान्छुभन्दा सजिलै पत्याउँदा पनि वैदेशिक रोजगारीले बढवा पाइरहेको छ। यस्तो प्रवृत्ति सम्झँदा पनि दुःख लाग्छ,’ गणेश सुनाउँछन्।  

आवश्यक रकम लिएर गणेश काठमाडौं आए। अमरबहादुरले उनलाई सुरुमा काठमाडौबाट भारत हुँदै लिबिया जानुपर्ने सुनाए। 

भारतको बाटो हुँदै जानु अवैधानिक भन्ने गणेशलाई लाग्यो। उनले भारतको बाटो हुँदै लिबिया जानुपर्ने भए काठमाडौंबाटै घर फर्कने बताए। 

भारतको बाटो हुँदै जान गणेशले नमानेपछि एजेन्ट अमरबहादुरले युएई हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै लिबिया लैजाने सुनाए। 

सन् २०१८ अगस्ट २१ मा भिजिट भिसाको सेटिङमा गणेशलाई युएईको एउटा कोठामा पुर्याइन्छ। युएई पुगेपछि उनलाई रविप्रसाद प्रसाईले रिसिभ गरे। 

उनले गणेशलाई युएईमा एउटा कोठामा लगेर थन्क्याए। गणेशका अनुसार सो कोठामा युएई हुँदै तेस्रो मुलुक पुर्याइन लागेका थुप्रै युवाहरु थिए। 

युएई पुगेपछि सबै साथीहरुसँग कुरा गर्दा गणेशलाई थाहा भयो। उनी जान लागेको मुलुक लिबिया युद्धग्रस्त हो। त्यहाँ काम गर्न जानु एकदमै खतरा छ। त्यसपछि उनले युएईबाट नेपाल नै फर्कन जिद्दी गरे। 

त्यहीबाट नेपाल फर्किए ५ लाख पैसा गुमाउनु पर्ने भयो। गणेशले ऋण सम्झिए, युएई पुगेर ५ लाख सकेर नेपाल फर्कनु भन्दा ज्यानको बाजी थापेर लिबियाको बाटो रोजे।  

सेप्टेम्बरमा २१ मा उनी लगायत केही नेपाली युवालाई युद्धग्रस्त लिबियाको राजधानी त्रिपोली पुर्‍याइयो। त्यहाँ डेरी मिल्क कम्पनीमा काम नभएर राइस मिलमा लेबरको काम थियो। निकै कठिन। पृष्ठभुमिमा बम र बारुदको आवाजसँगै काम गर्नु पर्ने बाध्यता थियो। न त तलब भनेजति थियो।

000

सुनसरी धरानका राजु विश्वकर्मा र सनम विश्वकर्माको कथा पनि ठ्याक्कै गणेशको जस्तै छ। उनीहरुलाई पनि लिबियामा डेरी मिल्क कम्पनीमा प्याकिङको काम भएको बताइएको थियो। 

पीडितका अनुसार खोटाङ चिसापानीका तीर्थराज विश्वर्कमाले सनम विश्वकर्मा र राजु विश्वकर्मालाई विभिन्न प्रलोभन देखाएर ठगी गरेका थिए। 

सनम विश्वकर्माले भने, 'हामीलाई लिबियाको डेरी मिल्क कम्पनीमा प्याकिङ काम गर्दा मासिक १ हजार डलर कमाई हुने सुनाइएको थियो।' 

‘विदेश जानैपर्ने बाध्यता थियो उनीहरूको पनि। 'मासिक १ हजार अमेरिकी डलर कमाई हुने भएपछि किन नजानु भन्ने लाग्यो। कमाई राम्रो भएपछि ऋण पनि सजिलै तिरिएला भन्ने भयो। लिबिया जान तयार भएँ,’ सनम विश्वकर्मा सुनाउँछन्। 

उनीहरु पनि युएईको बाटोहुँदै  लिबिया पुगेका थिए। 

सनमलाई त्रिपोली नजिकै कृषि फर्म (मजरा)मा काम लगाइएको थियो। 

मानव तस्करीले युवासँग मिल्दोजुल्दो थर बताएर आफ्नै नजिकको आभार गराएर  युवाहरुलाई फसाउने गरेको पाइएको छ। 

तीर्थराज विश्वकर्मा भनेर सनम र राजु विश्वकर्मालाई ठगी गर्ने व्यक्ति राहुल थापा भएको खुलेको छ। मानव बेचविखन अनुसन्धान ब्युरोले तीर्थराज विश्वकर्मा भनेर चिनाउने व्यक्ति राहुल थापा भएको पुष्टि गरेको हो। 

लमजुङका पूर्ण बहादुर गुरुङको कथा पनि उस्तै छ। गुरुङलाई मार्केटिङको काम कमाई न्यूनतम १ हजार अमेरिकी डलरसहित ओभरटाइम सुविधा हुने सुनाइएको थियो। उनी पनि युएई हुँदै  लिबिया पुगेका थिए। 

लिबिया पुगेका युवा कस्तो जीवन भोग्न बाध्य छन्? पृष्ठभुमिमा बम र बारुदको आवाजसँगै युद्ध मैदानमा काममा कसरी खटाइन्छ? यी लगायतका विषय हामी अर्को शृङ्खलामा प्रस्तुत गर्नेछौँ।

सम्बन्धित समाचार:
लिबियामा मारिएका सन्तोषको अन्तिम फोन, भनेका थिए– इटाली पुगेर कल गर्छु है...

इटाली पुर्‍याउने सपना देखाएर १५ नेपालीलाई लिबियामा बन्धक बनाउने २ जना पक्राउ

युद्धग्रस्त लिबियामा ४ नेपालीको अपहरण, विद्रोही समूहले नङसमेत उप्काइदिए

अवैध रुपमा लिबिया पुर्‍याइएका १५ नेपालीकाे उद्धार, नेपाल फिर्तीकाे तयारी हुँदै

युद्धग्रस्त लिबियाबाट नेपालीको गुहार– हामी बाँच्न चाहन्छौं, नेपाल फर्काइदेऊ

युद्धग्रस्त लिबियामा फसेका १५ नेपाली काठमाडौं आइपुगे

रोजगारीका लागि लिबिया पुगेका राजन युद्धग्रस्त क्षेत्रबाट बाँचेर फर्किए

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
ओमानसँग नेपालको लज्जास्पद हार
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सरकारको कदम असंसदीय भएको विपक्षी दलको निष्कर्ष, अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्