महिनावारीका बेला निस्कने रगत किन शरीरमा दल्छन् यी युवती?

रेनेटा मौरा | २०७६ श्रावण ११ शनिबार | Saturday, July 27, 2019 १७:२५:०० मा प्रकाशित

लन्डन- २७ वर्षीया लौरा टेक्सिरिया हरेक महिना महिनावारी भएका बेला निस्किने रगत जम्मा गरेर अनुहारमा लगाउँछिन्। त्यसपछि बचेको रगत पानीमा मिसाएर बोटमा हाल्छिन्। 

‘सिडिङ द मून नाम’को यो प्रथा धेरै पुरानो मान्यतासँग जोडिएको छ, जसमा महिनावारीलाई उर्वरताको प्रतीकको रुपमा लिइन्छ। 

लौरा भन्छिन्, 'बोटमा पानी हाल्दा म जप गर्दै भन्छु- मलाई माफ गर्नु, म तपाईलाईं प्रेम गर्छु, म तपाईंको आभारी छु।'

महिनावारीका बेला निस्किएको रगत अनुहार तथा शरीरमा दल्दा उनी आँखा बन्द गर्छिन्। त्यसबेला आफूभित्र शक्तिको सञ्चार भइरहेको महसुस हुने उनले बताइन्। 

ताकत दिने प्रथा
लौरालाई के लाग्छ भने यो प्रथा महिलालाई सशक्त बनाउने प्रथासँग पनि जोडिएको छ। 

उनी भन्छिन्, 'समाजमा अझै पनि यो कुरालाई एकदमै लाजको रुपमा लिइन्छ। महिनावारी भएका बेला आफ्नो अवस्थाबारे महिलाहरु खुलेर बोल्न सक्दैनन्। यो विषयलाई अझै पनि संकोच मानेर बोल्ने विषयको रुपमा लिइन्छ। हाम्रो समाजमा सबैभन्दा भेदभाव मासिक धर्म भएको बेला देखिन्छ। यसलाई खराब मानिन्छ।' 

सन् २०१८ मा ‘वर्ल्ड सिड योर मून डे’ को इभेन्ट सुरु गरेकी बडी साइकोथेरापिस्ट, डान्सर तथा लेखक मोरेना कार्डोसो भन्छिन्, 'महिलाको लागि सिडिङ दम मून धेरै नै सरल र उनीहरुको मनलाई शक्ति दिने खालको तरिका हो।' 

पछिल्लो वर्ष यो इभेन्टको सिलसिलामा २ हजार महिलाले आफ्नो महिनावारी भएका बेला निस्केन रगतलाई बोटमा हालेका थिए।  

महिलाका आध्यात्मिक काम 
बडी साइकोथेरापिस्ट मोरेना भन्छिन्, 'हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नै मानिसहरुलाई यस भ्रमबाट चिर्नु हो। महिनावारी भएको बेला निस्क्निे रगत कुनै लाजको विषय होइन बरु यो त शक्ति र सम्मानको प्रतीक हो भनेर बुझाउनु हो।' 

मोरेनाका अनुसार उत्तरी अमेरिका (मेक्सिको समेत) र पेरुमा पनि महिनावारी भएका बेला निस्किने रगत जमिनमा हालियो भने माटो उर्वर हुने विश्वास छ।

ब्राजिलको युनीकेप विश्वविद्यालयमा २० वर्षदेखि यस विषयमा शोध गर्दै गरेकी मानवविज्ञानी डानियेला टोनेली मनिका भन्छिन्, 'महिनावारी भएका बेला निस्किने रगतलाई लिएर नकरात्मक धारणा छ। यसलाई बेकारको रगत भनिन्छ र मलमूत्रको श्रेणीमा राखिन्छ। जसलाई मानिसको आँखाबाट टाढा बाथरुममा पखालिन्छ।'

सन् १९६० मा महिलावादी आन्दोलनमा यो सोचलाई बदल्ने कोसिस गरिएको थियो र महिलाहरुले आफ्नो शरीरको बारेमा खुलेर कुरा गर्नका लागि प्रोत्साहित गरिएको थियो।  

त्यसपछि धेरै कलाकारले महिनावारीका बेला निस्किने रगतको प्रतीकको प्रयोग आफ्नो राजनीतिक, पर्यावरणीय, यौनिक तथा लैङ्गिक विचार पोख्ने बेला समेट्न थाले। 

इन्टरनेटको माध्यमबाट यसबारे जानकारी पाउने रेनेटा रिबेरियो भन्छिन्, 'सिडिङ माई मून प्रथाले मलाई पृथ्वी एक ठूलो गर्भाशयको रुपमा हेर्न मद्दत गरेको छ। 

आज पनि धेरै ठाउँमा वर्जित 
संसारभर १४ देखि २४ वर्ष बीचका १५ सय महिलामा गरिएको सर्वेक्षणले समाजमा यो विषय वर्जित रहेको देखायो।  जोन्सन एन्ड जोन्सनले ब्राजिल, भारत, दक्षिण अफ्रिका, अर्जेटिना र फिलिपिन्समा यो अध्ययन गरेका थिए। 

यस अध्ययनबाट के निष्कर्ष आयो भने महिलाहरु सेनेटरी प्याड किन्दा संकोच मान्ने गर्दछन्। त्यसैगरी महिनावारी भएको बेला आफू बसेको सिटबाट उठ्न पनि असहज महसुस गर्छन्। 

फेडेरल युनिभर्सिटी अफ बहियाकी समाज मानव विज्ञानशास्त्री सेसिला सार्डेनवर्ग भन्छिन्, 'मेरो पहिलो महिनावारी हुने बेला त मानिसहरु यसबारेमा मुस्किलले कुरा गर्दथे। यो विषयमा जोडिएको लाजको विषयलाई हटाउन सुरुमा महिलाहरुले यसबारे खुलेर कुरा गर्नुपर्छ। आजकाल भने उनीहरुमा संकोच कम हुँदै गएको देखिन्छ।'

कस्ता विवाद भए त?
लौराका अनुसार यो प्रथा मान्न सबै तयार छैनन्। 

'इन्स्टाग्राममा मेरो जम्मा ३ सय फलोअर्स थिए। मैले यो प्रथा अनुसरण गरेपछि एक दिन एउटा तस्बिर पोस्ट गरेँ तर ४ दिनपछि मेरो मजाक उडाउन लागियो,' लौरा आफ्नै अनुभव सुनाउँछिन्।

ब्राजिलका एक विवादित कमेडियन डेनिलो जेन्टिलीले यो तस्बिरलाई आफ्नो १६ मिलियन फलोअर्स भएको अकाउन्टबाट सेयर गरे। उनले लेखेका थिए- महिनावारीका बेला रगत आउनु सामान्य हो। तर अनुहारमा लगाउनु असामान्य।

यो पोष्टमा २३ सयभन्दा बढी प्रतिक्रिया आए। जसमा धेरै नकारात्मक थिए।
 
यही एउटा घटना काफी छ कि आज पनि यस विषयलाई महत्वको रुपमा हेरिएको छैन। वर्जित छ। उनी भन्छिन्, 'यदि कोहीलाई कुनै चिज सामान्य लाग्दैन भने उसलाई पक्कै पनि त्यो गलत नै लाग्नेछ, उनीहरु के सोच्छन् भने आफ्नो मोबाइलमा लुकेर कसैलाई पनि गाली गर्न सकिन्छ। यो मेरो शरीरबाट निक्लिने तरल पदार्थ हो। म निर्णय गर्छु कि कुन चिज असामान्य हो र कुन चिज होइन। म कुनै व्यक्तिको जिन्दगीमा हस्तक्षेप गरिरहेको छैन।' 

लौरा भन्छिन्, 'म त्यो दिन यी सब गर्न बन्द गर्नेछु, जुन दिन महिनावारीका बेला निक्लिने रगतलाई प्राकृतिक चिजको रुपमा हेर्न सुरु गरिनेछ।'

(बिबिसीबाट)

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान