• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मधेसमा कांग्रेस [शृंखला-१] : यसरी बन्यो बलशाली उदयको थलो

64x64
नेपाल लाइभ मंगलबार, साउन १४, २०७६  ०७:३६
1140x725

काठमाडौं-  वर्तमान समयमा मधेसमा खुम्चँदै गएको कांग्रेस स्थापनाकालदेखि वि.सं. २०५१ अघिको समयलाई हेर्दा मधेसमा कांग्रेसको गौरवपूर्ण इतिहास छ।

राणा शासन र पञ्चायतकालमा मधेसलाई विशेष क्षेत्र बनाई कांग्रेसले आन्दोलन चर्काएको थियो। व्यवस्था परिवर्तनका लागि पटक/पटक मधेसका जनतालाई जोड्न सकेको कांग्रेस बहुदलीय व्यवस्था लगत्तै मधेसमा खिइँदै गएको छ। 

'कांग्रेसको जग मधेस'
बिपीकालीन कांग्रेसको विशेष आधारक्षेत्र मधेस थियो। बिपी नेतृत्वमा रहेको नेपाल राष्ट्रिय कांग्रेसले मधेसलाई मजदुर आन्दोलनसँग जोडेको थियो। प्रजातान्त्रिक संघर्षको आन्दोलनलाई मधेसी जनतासँग संयोजन गर्न कांग्रेस पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको भुमिका खेलेका थिए। विराटनगरको जुटमिलसहित कटन, राइस, तेल, सलाई, केमिकल लगायतका उद्योगमा कार्यरत हजारौं मजदुरमा कांग्रेसले आन्दोलनको चेत पसाएको थियो। 

वि.सं. २००३ माघ १२ र १३ मा राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन भएसँगै मजदुर आन्दोलन विराटनगरमा चर्केको थियो। मजदुरहरुद्वारा सञ्चालित आन्दोलनबाट कोइरालासहितका मजदुर नेतालाई प्रशासनले पक्राउ गरेको थियो। यसपछि मालिक र मजदुरको सम्बन्ध बिग्रियो। तर, मजदुरले कांग्रेसको साथ छोडेनन्। मजदुर आन्दोलन २००४ को बैशाखमा पुग्दा कांग्रेसको सत्याग्रह आन्दोलनसँग जोडियो। फलतः कांग्रेसको जग मधेस बन्न पुग्यो।

विराटनगरमा रहेका कोइराला परिवारमा भारतीय संग्रामको प्रभाव पर्‍यो। सामाजिक अभियन्ता समेत रहेका विराटनगरका कृष्णप्रसाद कोइरालाले भारतीय स्वतन्त्रता आन्दोलनमा गान्धीलाई समर्थन जनाए। समाज सुधारक कृष्णप्रसादसँग राजनीतिक चेत कम थियो। उनका छोरा बिपी कोइरालाले भारतीय स्वतन्त्रताको अनुशरण गरी नेपालमा प्रजातान्त्रिक आन्दोलन चर्काउने पहल गरे। 

विराटनगरको जुटमिलसहित कटन, राइस, तेल, सलाई, केमिकल लगायतका उद्योगमा कार्यरत हजारौं मजदुरमा कांग्रेसले आन्दोलनको चेत पसाएको थियो। 

बनारस, लखनउ, पटना र कलकत्तामा अध्ययनरत नेपालीले उनको सक्रियतालाई साथ दिए। ‘अध्ययन र आन्दोलन गरेका पुरानो पुस्ताले तयार गरेको आधारलाई नयाँ पुस्ताको साथले बलियो अवस्था बनेको थियो। यसले कांग्रेसलाई मधेसमा फैलन सहयोग पुग्यो,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले इतिहास स्मरण गरे।

त्यसो त, २००७ को जनक्रान्ति गर्ने निर्णय पनि मधेसमा नै गरिएको थियो। रौतहटको सीमाक्षेत्र बैरगनियाँमा बसेको बैठकबाट कांग्रेसले जनक्रान्ति गर्ने निर्णय गरेको थियो। यसका साथै मधेससँग जोडिने कांग्रेसको अर्को कदम वीरगञ्ज कब्जा पनि थियो। सन् १९५० नोभेम्बर २० मा कांग्रेसको मुक्तिसेना र राणा फौजबीच वीरगञ्जमा भीषण भिडन्त भएको थियो। पहिलोपटक कांग्रेस वीरगञ्जको आक्रमणमा सफल हुन सकेन। कांग्रेसका थिरबम मल्ल मारिए। दोश्रो पटकको आक्रमणमा वीरगञ्ज कब्जा भयो।

Ncell 2
Ncell 2
nimb
nimb

मधेसी जनतालाई आकर्षित गर्न सफल कांग्रेस त्यही आन्दोलनका आडले २०१५ सालको निर्वाचनमा अधिकांश सिट हात पारेको थियो। संस्थापक नेता बिपीले मोरङ क्षेत्र नं ३२ बाट निर्वाचन जितेका थिए। देशभरमा १०९ निर्वाचन क्षेत्रमा कांग्रेसले ७४ सिट सहित दुई तिहाइ सिटमा विजयी भएको थियो। 

कांग्रेस र मधेसको सम्बन्ध ऐतिहासिक रुपमा रहिआएको छ। मधेसका जिल्ला भारतसँग जोडिएका हुनाले पनि भारतीय स्वतन्त्रता आन्दोलनले राजनीतिक चेत तराई–मधेसमा पसेको थियो। भारतमा महात्मा गान्धीको आन्दोलन र तराईमा राजनीतिक चेत सँगसँगै आएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। 

कांग्रेसका पछि मधेस किन लाग्यो?
मजदुरका अगुवा गिरिजाप्रसाद कोइराला बनेका थिए। कोइरालाकै अध्यक्षतामा ‘विराटनगर मजदुर युनियन’ गठन गरिएको थियो। कोइरालाको नेतृत्वलाई मधेसी मूलका मजदुरहरुले सक्रिय समर्थन जनाए।  

जुटमिलमा कार्यरत मजदुरका पक्षमा कांग्रेसले आवाज उठाउन थालेपछि श्रमिकहरु कांग्रेससँग एकाकार हुन पुगे। अधिकांश मजदुर मधेसी मूलका थिए। सीमावर्ती भारतको जोगवनीमा रहेका मिलले दिएको सेवासुविधा विराटनगरमा कार्यरत मजदुरले पनि पाउनुपर्ने आवाज उठाउन थालेपछि कांग्रेस नै आशा र भरोसाको पार्टी भएको उनीको मनमा गढ्यो। 

लामो समय कांग्रेसमा रहेर बाहिरिएका जेपी गुप्ता भन्छन्, ‘कांग्रेसको जन्म प्रवासमा हुनुका साथै कठोर राणा शासन भएकाले संगठन विस्तार निर्बाध रूपमा गर्न सकेन।’ २००४ देखि २००७ सम्म भारतीय सीमा क्षेत्रमा कांग्रेसले संगठन विस्तारलाई जोड दिएको गुप्ता बताउँछन्। तीन वर्षको अवधिमा स्कुल, कलेजमा कांग्रेसको संगठन बनाइएको थियो। कारखानामा कांग्रेसले पकड जमाइसकेको थियो।

वनारसमा मूलतः पहाडी अनुहारका कांग्रेस नेताहरू अध्ययनका लागि पुगेका थिए। मधेसी मूलका नागरिक विशेष गरी लखनउ, पटना, कलकत्तालगायतका शहरमा काम र अध्ययनका लागि पुगेका थिए। प्रवासमा रहेकाहरु पैतृक थलोमा प्रवेश गरी आन्दोलनमा सक्रिय रहे। ‘राणाशासनको विरुद्धमा ठुलो मोर्चा विराटनगर, विरगन्ज, भैरहवा, नेपालगन्ज भए,’ गुप्ता भन्छन्। 

कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा नेपालगन्जमा डा त्रिवेणी प्रधानले सक्रिय भुमिका निर्वाह गरे। भैरहवामा काशीप्रसाद श्रीवास्तव, केआइ सिंह अग्रपङ्तिमा रहेर लडे। विराटनगरमा कोइराला परिवारले नै लडाईंको मोर्चा सम्हाल्यो। वीरगन्जमा थीरबम मल्ल र रामकुमार राईले मधेसबाट आन्दोलन उठाएका थिए। 

सप्तरी, जनकपुर लगायतका क्षेत्र कांग्रेससँग जोडिएर आन्दोलन गर्ने सहायक क्षेत्र बने। ‘आन्दोलनका लागि मधेसीलाई कांग्रेसले तयार गर्‍यो। कांग्रेसमा गहिरो छाप रहेका युवा पुस्ताले आन्दोलनलाई साथ दिए।’ गुप्ता विगत स्मरण गर्दै भन्छन्, ‘त्यसकै आधारमा २००७ को आन्दोलन सफल भयो।’ 

मधेसका जनताको 'मियो' बनेको कांग्रेसले उनीहरूको साथमा आन्दोलन अघि बढायो। आन्दोलन नै कांग्रेसका लागि मधेसको जग बन्यो।

भारतीय सीमा जोडिएका तराइ–मधेसका क्षेत्रमा अध्ययन गर्नेहरूको संख्या त्यस बेला तुलनात्मक रुपमा बढी रहेको थियो। अंग्रेज विरुद्धको आन्दोलनको छाप मधेसमा परेको थियो। त्यही छापलाई कांग्रेसले ‘क्याच’ गर्न सकेको थियो।

भारतसँग मधेसी जनताको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध कायम थियो। यो अझसम्म पनि कायमै छ। आर्थिक अवसर र पहिचानका लागि मधेसीले बिपी नेतृत्वको आन्दोलनलाई समर्थन जनाए। प्रारम्भमा भारतमै रहेका कांग्रेसका नेताहरुले मधेसमा प्रभाव जमाउन सुरु गरेका थिए। झापाका राजवंशी, सप्तरीका राजपुत साथै मधेसीमा रहेका सीमान्तकृतहरु कांग्रेससँग नजिकिए। भारत स्वतन्त्रताका लागि गान्धीको आन्दोलन जस्तै राणा शासनको विरुद्धमा नेपालमा बिपीलाई समर्थन गर्नुपर्ने निष्कर्षमा मधेसी समुदाय पुगे।

मधेसीलाई साथ लिन कांग्रेस नेतृत्वले चुकाएन। मधेसका जनताको 'मियो' बनेको कांग्रेसले उनीहरूको साथमा आन्दोलन अघि बढायो। आन्दोलन नै कांग्रेसका लागि मधेसको जग बन्यो। बिपीलाई जनकपुरमा बस्ने सरोज कोइराललाले साथ दिए। राणा विरोधी आन्दोलनमा सप्तरीका रामेश्वर सिंह, गजेन्द्रनारायण सिंह लगायतका मधेसी मूलका कांग्रेस नेताहरुले योगदान दिए। मोरङका चेतुलाल चौधरी र धनुषाका महेन्द्रनारायण निधिको राणा शासन विरुद्धको आन्दोलनमा विशेष सक्रियता रह्यो। 

शेख इद्री, राजनारायण मिश्रले पनि बिपीको अगुवाईमा भएको आन्दोलनलाई साथ दिए। आचार्य भन्छन्, ‘पार्टीको जग निर्माण नै त्याग, समर्पण र आन्दोलनबाट हुन्छ। इतिहाससँग कनेक्ट आन्दोलनसँग हुनैपर्छ। कांग्रेसका लागि मधेस त्यसै आधारमा जोडियो।’

अर्कोतिर नेपाली भएपनि मधेसीलाई पहिचानको संकट थियो। बिपी नेतृत्वलाई साथ दिएका खण्डमा मधेसी जनताको पहिचान स्थापित गर्न सकिने उनीहरूमा बुझाइ थियो। मधेसीप्रति काठमाडौंको हेराइबारे आचार्य भन्छन्, ‘मधेसीहरू धोती लाउँछन्। रोटी खान्छन्। भारतको सीमामा बस्छन्। तिनीहरू पनि नेपाली हुन सक्छन्? भन्ने सोचाइ थियो।’ पहाडी र शासकवर्गको हेपाहा प्रवृत्तिका कारण पनि मधेसीको हकका लागि बिपीलाई मधेसीले पछ्याएको आचार्यले दाबी गरे।

तत्कालीन समयमा मुख्यतः दुई पार्टी अस्तित्वमा थिए। कांग्रेस र गोर्खा परिषद्। यी दुई पार्टीको प्रभाव २०१५ सालको निर्वाचनको मत परिणामले पनि देखाउँछ। गोर्खा परिषद हुने/खानेको पार्टीका रूपमा परिचित थियो। त्यसैले मधेसका जनता गोर्खा परिषदप्रति आकर्षित भएनन्। गोर्खा परिषदले २०१५ सालको निर्वाचनमा मधेस बलियो उपस्थिति देखाउन नसकेको कुरा मत परिणामले पुष्टि गर्छ। 

पहाडी र शासकवर्गको हेपाहा प्रवृत्तिका कारण पनि मधेसीको हकका लागि बिपीलाई मधेसीले पछ्याएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ। 

पहाडी बाहुल्यता भएका स्थानबाट कम्युनिस्टले आन्दोलन सुरु गरेका थिए। जसलाई मधेसी जनताले आत्मसात गरेनन्। मधेसबाट कम्युनिस्ट आन्दोलन सुरु हुन नसक्दा कम्युनिस्ट नीतिप्रति मधेसमा झुकाव देखिएन। गुप्ता भन्छन्, ‘कम्युनिस्टको संगठन पनि थिएन। संगठन नहुनुमा कम्युनिस्ट नीति नै मधेसी जनतालाई मन नपर्नु हो।’ उनले थपे, ‘राजनीतिमा लाग्न चाहनेका लागि विकल्प अरू थिएन। कांग्रेसमै लागे।’ सशक्त पार्टी नहुनुको साथै उदीयमान पार्टी कांग्रेस नै देखिनुले मधेसी जनताले कांग्रेसलाई पछ्याए।

कांग्रेससँग जोडिएको मधेसले २००७ सालको क्रान्तिमा सक्रिय समर्थन जनायो। २०१५ सालको निर्वाचनमा पनि कांग्रेसलाई साथ दियो। पञ्चायती व्यवस्थामा पनि कांग्रेस मधेसमा कमजोर भएन। २०१७ पछि पञ्चायती व्यवस्था विरुद्धमा भएका गिरफ्तारी, निर्वासन मधेसबाट नै बढी भएका थिए।

पञ्चायतविरुद्ध प्रतिरोधात्मक आन्दोलन मधेसकेन्द्रित भएर नै कांग्रेसले सञ्चालन गर्‍यो। मधेसमा बस्ने मधेसी वा पर्वतीय मूलका दुवै समुदायले उत्तिकै कांग्रेसलाई साथ दिएको गुप्ताको बुझाइ छ।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्