• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'घाँटीभन्दा तल त राम्री नै छे' गीतमा महिलामाथि भद्दा मजाक

64x64
नेपाल लाइभ मंगलबार, साउन १४, २०७६  १५:२५
1140x725

काठमाडौं– नेपाली कला क्षेत्रमा महिलाको चरित्रचित्रण कमजोर सुनिँदै र देखिँदै आएको पहिल्यैदेखि हो। बेलाबखत यसमाथि चर्को आवाज नउठ्ने पनि होइन, तैपनि सुधार देखिँदैन। 

अहिले बजारमा आर्जन पाण्डेले गाएको एउटा गीत ‘चर्चित’ छ। चर्चाको कारणचाहिँ गीत राम्रो भएर होइन, महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएर हो। ६ दिनअघि युट्युबमा रिलिज भएको ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतको शब्दलाई लिएर अहिले संगीतवृत्तमा समेत ठूलो आलोचना भइरहेको छ। 

आलोचनामा आम दर्शक/स्रोतामात्रै उत्रिएका छैनन्, संगीतकर्मी र कलाकारले पनि विरोध जनाइरहेका छन्। 

गीतमा महिलालाई निकै होच्याइएको छ। गीतमा गायक आर्जन स्वयं मोडल छन्। विडम्बना त के छ भने आफूलाई बौद्धिक छविकी अभिनेत्रीका रुपमा उभ्याउँदै आएकी रीमा विश्वकर्माले समेत अभिनय गरेकी छिन्। 

गीतको भिडियोमा रीमालाई देखेपछि आर्जन गाउँछन् : 

‘प्रतीकलाई गएर सोधेँ मैले– यार, त्यो केटी लास्ट मनपर्‍यो,
पट्याइदिऊँ कि क्या हो’
प्रतीकले यसो तलदेखि माथि हेरेर भन्यो– पट्याइदेन्त, 
आखिर ‘घाँटीभन्दा तल त राम्री नै छे’

गीतमा महिलामाथिको मजाक यतिमै सीमित छैन। पार्टीमा श्रीमान्‌सँग आएकी युवती रोलेक्स घडीको लोभमा आफूसँग नाच्न आएको भावसमेत गीतमा छ। महिलाको चरित्रलाई पूरै अपमानजनक ढंगले प्रस्तुत गरिएको गीतमा पुरुष मोडल आर्जन गाउँछन् :

‘गोरो मुखमा मन्द मुस्कान, आँखा मलाई सन्काउँदै
ककटेल लिन पठाई बूढालाई, पाइला मतिर लम्काउँदै
चुरोट थियो हातमा उसको, गर्मीले म मरिसकेँ
हातको रोलेक्स देखी कि क्या हो, हात थामेर नाच्न थाली।’

गीतको लिरिक्सलाई लिएर युट्युबका अधिकांश दर्शकले गाली गरेर प्रतिक्रिया दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रियंका भुसालले लेखेकी छिन्, ‘के हो यस्तो लिरिक्स अनि के हो त्यो घाँटीभन्दा तल राम्री भनेको? एकदमै नराम्रो लिरिक्स, जसले केटीहरुप्रति गायकको नजर प्रस्ट पार्छ।’

त्यस्तै पद्मा पौडेलले लेखेकी छन्, ‘गीतले सेक्सुअल ह्यारेस्मेन्टलाई प्रोत्साहन गरेको छ।’

विरोध युट्युबमा मात्रै सीमित छैन। फिल्मकर्मीको फेसबुक वालमा समेत आक्रामक रुपमा पोखिँदैछ। 

कलाकार निर्मल शर्माले यो गीत आफ्नो छोराले नगाइदिओस् भनेर भगवान्‌सँग कामना गरेका छन्। उनले लेखेका छन्, 'म महिलाहरुलाई ३३ प्रतिशत होइन, ५० प्रतिशत नै बराबर हुनुपर्छ भन्ने पक्षमा छु। महिला हिंसाको विरोधमा आवाज उठाउनेहरुको कानसम्म पुगोस् यो गीत।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गीत सुनेपछि गायिका आस्था राउतले आक्रोशित हुँदै प्रश्न गरेकी छिन्, ‘फेरि छोरी मान्छेलाई नै नराम्रो बनाएर यो के तालको गीत निकालेको होला, राम राम राम। के यो हिट हुने निन्जा टेक्निक हो?’ 

उनको आक्रोश यतिमै सीमित छैन। उनको थप टिप्पणी छ, ‘यो लेख्ने र गाउनेको तलदेखि माथिसम्म केही पनि गतिलो रहेनछ। सबैभन्दा खत्तम त सोच नै हो। सोच गतिलो भएको भए, छोरी मान्छेलाई हेर्ने एंगल गतिलो भएको भए, यस्तो घटिया गीत हेर्न/सुन्न पर्थेन होला। यो एकदमै भद्दा भयो। केटीलाई सेक्सको साधन बनाउनेले नै यस्तो गीत निकाल्छ। यो गीत देखेर मलाई नेपाली संगीत कता जाँदैछ भनेर साह्रै चिन्ता लाग्यो।’


गीतमाथि आलोचना बढेपछि नेपाल लाइभले गीतकी मोडल रीमालाई सम्पर्क गरेको थियो। गीतमा मोडलिङ गर्नुको अन्तर्यबारे बुझ्दा उलने आफू हाल सुटिङ सेटमा व्यस्त रहेको भन्दै टारिन् । 

गीत–संगीत भनेको सिर्जनात्मक विधा हो। मनोरन्जनको माध्यम पनि। तर, मनोरन्जनका नाममा यसरी महिला पात्रको मजाक उडाउनु या होच्याउनु, के कुनै सिर्जनात्मक विधाको धर्म हो? प्रश्न आवश्यक छ। 

यस्तो छ पूरा गीतको शब्दः
पार्टीमा भेटे उसलाई
ओठ तल पियर्सिङ
बूढासँग नाच्दै थिई ऊ, बि–बोइङ एन्ड हिप सेकिङ 

गोरो मुखमा मन्द मुस्कान, आँखा मलाई सन्काउँदै
ककटेल लिन पठाई बूढालाई, पाइला मतिर लम्काउदै
चुरोट थियो हातमा उसको, गर्मीले म मरिसकेँ
हातको रोलेक्स देखी कि क्या हो, हात थामेर नाच्न थाली

प्रतीकलाई गएर सोधेँ मैले
‘यार त्यो केटी लास्ट मनपर्‍यो,
पट्याइदिऊँ कि क्या हो’ 

प्रतीकले यसो तलदेखि माथि हेरेर भन्यो- 
पट्याइदेन्त, आखिर ‘घाँटीभन्दा तल त राम्री नै छे’
घाँटीभन्दा तल त राम्री नै छे...

घर पुगेँ काने फुसुफुस हानेँ उसको नम्बरमा
त्यसपछि स्काइप र च्याट हुन्थ्यो अन्तरजालमा
आवाज सुन्दै भैंसीजस्ती फोटोसप हान्छे कम्मरमा
मुख छाड्ने केटी कस्ती आइपुग्यो मेरो खप्परमा 
चारपाँच रै'छन् बूढा अरु, मस्किन्छे छैटौंसँग 
बाइकमा आँखा लाई कि क्या हो, भन्छे बूढा जाऊँ न घुम्न

प्रतीकलाई गएर फेरि सोधेँ मैले-
यार, बोर गरिसकी, र्‍याक गरिसकी, ब्रेकअप दिऊँ कि क्या हो

प्रतीकले यसो हेरेर भन्यो, ‘हैट।’
घाँटीभन्दा तल त राम्री नै छे।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्