सिजी ब्रान्डका नयाँ मोडलका फ्रिजहरु बजारमा 

नेपाल लाइभ | २०७६ श्रावण १७ शुक्रबार | Friday, August 02, 2019 १९:२४:०० मा प्रकाशित

काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले विभिन्न किसिमका आकर्षक एवं नयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ।

सिङगल डोरमा २५ वटाभन्दा बढी मोडलहरुमा फ्रिजहरु बजारमा ल्याइएको सिजीले जनाएको छ।‍ हेर्दा आकर्षक देखिने तथा विभिन्न रङहरुमा उपलब्ध यस्ता फ्रिजहरुमा ५ वर्षसम्मको वारेन्टी दिइएको छ।

फ्रिजहरु पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्यान्डलयुक्त छन्।

त्यस्तै वाटर डिस्पेन्सरयुक्त डबल डोरका फ्रिजहरु पनि सिजीले बजारमा ल्याएको जनाएको छ। यस्ता फ्रिजमा भित्रको चिसो पानि फ्रिजको ढोका नखोलिकनै लिन सकिनेछ। यसमा कुइक फ्रिजिङ, ए-प्लस-प्लस इनर्जी लेवल, डिजिटल कन्ट्रोल, ४-डी फ्रिजिङजस्ता विशेषताहरु छन्।

त्यसैगरी साइड बाइ साइड र मल्टिडोरयुक्त फ्रिजहरु पनि बजारमा ल्याएको सिजीले जनाएको छ। यस्ता फ्रिजमा १० वर्षसम्मको वारेन्टीसमेत पाइन्छ। यस्ता फ्रिजमा आफ्नो खानालाई धेरै समयसम्म ताजा बनाइराख्न सकिनेछ।

यसमा ए-प्लस-प्लस इनर्जी लेवल, डिजिटल कन्ट्रोल, टच स्क्रिन, एन्टी ब्याक्टेरिया, डियोडोराइजेसन, किड्स लक, अर्लाम आदिजस्ता विशेषता छन्।

यसका अन्य प्रमुख विशेषतामा तीन वटा मोडहरु छन्, जसमा होलिडे फंग्सन, इको फंग्सन र सुपर फ्रिज फग्सन छन्। यी मोडहरुको प्रयोग गरी तपाईंले आफ्नो खानालाई धेरै समयसम्म ताजा राख्न सक्नुहुन्छ।