'परिचयका सन्दर्भमा घनश्याम ढकाल' सार्वजनिक

काठमाडौं- साहित्यकार घनश्याम ढकालबारे समालोचक सुकुम शर्माले तयार पारेको पुस्तक प्रकाशित भएको छ। शर्माद्वारा लेखिएको ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ नामक समीक्षा कृतिको काठमाडौंमा विमोचन भयो।
पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा बोल्दै प्राडा ताराकान्त पाण्डेयले घनश्याम ढकाल मार्क्सवादी समालोचना र भौतिकवादी चिन्तनका क्षेत्रमा प्रतिबद्ध र प्रस्ट लेखक भएको चर्चा गरे। ‘ढकालको मूल व्यक्तित्व नेपालको प्रगतिवादी आख्यान र निबन्धमा स्थापित छ,’ पाण्डेयले भने, ‘जनयुद्धपूर्व र जनयुद्धको उत्कर्षका बेलामा वर्गसंघर्षलाई केन्द्रीय कथ्य बनाएर ढकालले शक्तिशाली कथा र उपन्यास सिर्जना गरेका छन्।’
पाण्डेयले समानान्तर साहित्यिक धाराका कृतिहरूको समालोचना गर्ने क्रममा पनि ढकालले महत्वपूर्ण योगदान दिएको स्मरण गरे। सरुभक्तरचित ‘पागल बस्ती’ उपन्यासबारे प्रगतिवादी धाराबाट ढकालले नै सशक्त आलोचना पेश गरेको पाण्डेयले बताए।
समालोचक निनु चापागाईंले नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक तथा सांस्कृतिक विचलन देखिएको सन्दर्भमा ढकालजस्ता आलोचकहरूको अभाव खड्किएको औंल्याए। चापागाईंले भने, ‘हाम्रो सांस्कृतिक आन्दोलनमा सबैभन्दा डरलाग्दो गरी वैचारिक विचलन देखिएको छ। यो विचलनको क्रम अझै बढ्दै जाने संकेतहरू देखिएका छन्। यस्तो बेलामा आन्दोलनलाई घनश्याम ढकालजस्ता निर्भीक आलोचकहरूको खाँचो छ।’
समालोचक शर्माले घनश्याम ढकालसँगको आफ्नो संगत, सहकार्यका उतारचढाव स्मरण गर्दै ढकालबारे समालोचना पुस्तक लेख्दाको अन्तर्कथा सुनाए। उनले प्रगतिवादी फाँटका अरु स्रष्टाका जीवनी र समालोचना पनि आफूले तयार गरिरहेको चर्चा गरे।
पुस्तक चर्चा कार्यक्रममा लेखक वन्दना ढकालले घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका वैचारिक कार्यहरूकै शृंखलामा शर्माको पुस्तक प्रकाशित भएको जनाइन्।
प्रतिष्ठानले यसअघि कथाप्रधान त्रैमासिक पत्रिका ‘कथालय’ प्रकाशित गरेको छ। अघिल्लो वर्ष झन्डै एक सय जनाको रचनासहित ‘घनश्याम ढकाल स्मृति ग्रन्थ’ प्रकाशित गरेको प्रतिष्ठानले छिटै वैचारिक जर्नल प्रकाशनको तयारी गरेको प्रतिष्ठानका अध्यक्षसमेत रहेका चापागाईंले बताए।
ढकालका पाँच कथा संग्रह, दुई उपन्यास, दुई निबन्ध संग्रह, चार कविता संग्रह, दुई सौन्दर्यशास्त्र सम्बद्ध पुस्तक, तीन वटा सम्पादित समालोचना पुस्तक र थुप्रै फुटकर रचना प्रकाशित छन्। प्रगतिशील लेखक संघ र अखिल नेपाल लेखक संघका तत्कालीन अध्यक्ष ढकालको २०६८ फागुन १ मा निधन भएको थियो।
ढकालको स्मृतिमा २०६९ सालमा प्रतिष्ठान स्थापना भएको हो ।
- एनआइसी एसिया बैंकका दुई नयाँ शाखा सञ्चालनमा
- पौडेल पक्षले उठाएका धेरै विषयमा चाक्सीबारी बैठक सकारात्मक, आ–आफ्नो पक्षलाई ‘ब्रिफ्रिङ’ गरिँदै
- जुम्लाको पाटनमा हराएको भनिएका सबै जना सकुशल घर फर्किए
- पिपिएल : रोमाञ्चक बनेको दोस्रो खेलमा धनगढी ५ रनले विजयी
- विश्वासिलो आधार सहितको योजना भए सरकारले वायुसेवा निगममा ५० अर्ब लगानी गर्छ : मन्त्री भट्टराई
- सांसदलाई रकम वितरण नगर्न माग गर्दै सांसद नै पुगे सर्वोच्च
- नागरिकता संशोधन विधेयकले बंगलादेश पनि भारतसँग चिढियो
- व्यक्तिको नाममा बनाइएको १९ बिघा जमिनको दर्ता खारेजी
- जडीबुटी खोज्न हिँडेका एकै गाउँका १३ जना जुम्लामा बेपत्ता, खोजीका लागि हेलिकप्टर पठाउने तयारी
- फेवाताल अतिक्रमणः व्यवसायी कर्ण शाक्य र प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा सँगै सुनुवाइ हुँदै
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- सिन्धुपाल्चोकमा फेरि दुर्घटना, १८ जना घाइते, ४ को अवस्था गम्भीर
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- ‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- ट्याक्सी खोज्न ‘ट्याक्सीमान्डु’ एप सुरु
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण