एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई सहयोगमा निरन्तरता

नेपाल लाइभ | २०७६ श्रावण २० सोमबार | Monday, August 05, 2019 १४:३७:०० मा प्रकाशित

काठमाडौं– एभरेष्ट बैंकले टिच फर नेपाललाई दिँदै आएको सहयोग निरन्तरता दिने निर्णय गरेको छ।

संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत देशको विपन्न वर्गका नागरिकहरुलाई शिक्षा प्रदान गर्नका लागि बैंकले सो संस्थालाई सहयोग निरन्तर गरेको हो। 

बैंकले एक कार्यक्रमका बीच टिच फर नेपाल लाइ सहयोगमा निरन्तरता दिँदै ५ लाख रुपैयाँको चेक हस्तान्तरण समेत गरेको हो। 

टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन्। 

१० लाख ग्राहक भएको एभरेष्ट बैंकले ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ। 

बैंकले आगामी दिनमा पनि सेवामूलक काम गर्ने प्रतिबद्धता गरेको छ।