• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चलचित्र विधेयक बहस-१ : ‘राज्यले चलचित्र नै बुझेन’

अनिल यादव मंगलबार, साउन २१, २०७६  १५:२४
1140x725

काठमाडौं- ''चलचित्र’ भन्नाले जुनसुकै भाषा र प्रविधिमा बनेको चलायमान दृश्य देखिने कथानक चलचित्र, वृत्तचित्र, कार्टुन चलचित्र, एनिमेशन चलचित्र, टेलिचलचित्र, चलचित्र नाटक, विज्ञापन चलचित्र र सांगितिक भिडियो लगायत अन्य चलायमान चित्र सम्झनुपर्छ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सहयोगमा तयार गरेको ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा चलचित्रलाई यसरी परिभाषित गरिएको छ। 

राज्यको दृष्टिकोणमा ‘चलचित्र’ भनेको के हो, यो परिभाषा पढेपछि छर्लङ्गै हुन्छ। परिभाषाअनुसार विज्ञापन चलचित्र र सांगितिक भिडियो (म्युजिक भिडियो)लगायत सबै चलायमान चित्र अब राज्यको नजरमा ‘चलचित्र’ हो। 

‘चलचित्र’माथि राज्यको परिभाषा सही छ त? 

फिल्म समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन्, ‘राज्यको दृष्टिकोणमा सिनेमा भनेको क्यामेराले खिच्ने कुराबाहेक केही देखिएन। हाम्रो सत्ताको ज्ञानको परिधि भनेको यति रहेछ। दृश्य नहुँदासम्म गीत पनि संस्कृति थियो, दृश्य थपिनासाथ यसलाई पनि वस्तु ठानिएछ।’ 

विधेयकमा ‘चलचित्र’को परिभाषा पढेपछि पण्डितको निष्कर्ष छ– अहिले पनि सिनेमालाई राज्यले व्यवसायिक वस्तुको रुपमा मात्रै हेर्छ। ‘राज्यले सिनेमा नै बुझेन,’ उनी भन्छन्, ‘सिनेमाको मूल मर्म नै बुझेन। बुझेको भए क्यामेराले खिचिएका सबै दृश्य कसरी चलचित्र हुन्थ्यो? यस्तो कमजोर ज्ञान बोकेर ऐन बनाइएको छ कि मूल परिभाषामै समस्या छ, अन्य बुँदामा हुनु त स्वाभिविक भइगयो।’

चलचित्र विकास बोर्डले चलचित्र विधेयकको मस्यौदा तयार गरेपछि एक चरण चलचित्रकर्मीसँग छलफल पनि गरिसक्यो। यद्यपि, तयार भएको मस्यौदा उसले सच्च्याइसकेको छैन। यसको अर्थ यही मस्यौदा संसद्‍मा पेश हुन सक्छ। 

मस्यौदाका विभिन्न बुँदामाथि अहिले केही बौद्धिक चलचित्रकर्मी र फिल्म समीक्षकहरूले विरोध भने जनाइरहेका छन्। यही परिप्रेक्ष्यमा नेपाल लाइभले चलचित्र विधेयकका विभिन्न बुँदामाथि केही चलचित्रकर्मी र फिल्म समीक्षकसँग कुराकानी गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रस्तावित चलचित्र विधेयकमा ‘चलचित्र’को परिभाषा नै विवादास्पद र अस्पस्ट देखिन्छ। त्यसैले बहसको पहिलो श्रृंखलामा हामी यहाँ ‘चलचित्र’को परिभाषामाथि चर्चा गर्दै छौं। 

यो परिभाषासँग फिल्म निर्माता एवम् कलाकार रविन्द्रसिंह बानियाँ पनि सहमत छैनन्। ‘हामीले बुझेको चलचित्र र वहाँहरुले भन्न खोज्नु भएको चलचित्र एउटै होइन जस्तो लाग्छ,’ नेपाल लाइभसँग उनले भने, ‘वहाँहरूले चलचित्रको मतलब चल्ने चित्र ठानेर सबै अडियो भिडियोको परिभाषामा समेट्न खोज्नु भएको होला। यसरी सबैलाई एउटै परिभाषा भित्र राख्दा भोलि सेवासुविधा अनि ऐन नियम लागू गर्दा पनि समस्या सिर्जना हुन्छ। यसरी सबैलाई एउटै भाँडोमा हाल्नु ठीक होइन। बरु प्रयोजन र प्लेटर्फम अनुसार वर्गीकरण गरेको राम्रो। अनि त्यही अनुसार सेवासुविधा पनि।’

पण्डित र बानियाँले भने झैं राज्यले गरेको परिभाषा पढ्दा सिनेमाको सिर्जनाशीलता र सौन्दर्यको स्तर महसुस नगरेको देखिन्छ। सिनेमा निर्माणका लागि क्यामेरा मात्रै भएर पुग्दैन, कथा र विचार पनि चाहिन्छ। 

तर राज्यले सबै चिजलाई एउटै डालोमा ल्याएर राखेर फिल्मकर्मीलाई राज्यको डन्डाभन्दा बाहिर कोही छैनौं भन्ने सन्देश दिन खोजेको देखिन्छ। ‘चाहे फेसबुकमा फुटेज राख या म्युजिक भिडियो बनाऊ, अब मेरो अनुमति लिनुपर्छ भन्ने नियन्त्रणमुखी स्वार्थबाट यो परिभाषाको निर्माण भएको हो,’ फिल्म निर्देशक पण्डितले आक्रोशको भावमा भने, ‘यो हामीले अनुमोदन गर्दाको दिनमा मात्र तिमीले खिचेको दृश्य सिर्जनशील हुन्छ भन्ने राज्यको नियन्त्रणमुखी मानसिकता उपज हो।’

उनी केही समयअघि विरोध भएको गुठी विधेयक र अहिले संसद्‍मा दर्ता गर्न तयारी अवस्थामा रहेको सिनेमा विधेयकलाई एउटै नजरले हेर्छन्। भन्छन्, ‘मैले यी दुई विधेयकमा केही भिन्नता पाइनँ। फरक यत्ति हो, गुठी विधेयक गुठीमाथि बनेको थियो, सिनेमा विधेयक सिनेमामाथि।’

फिल्म निर्माता एवम् हास्य अभिनेता दीपकराज गिरी पनि राज्यले चलचित्रमाथि गरेको यो परिभाषासँग सहमत छैनन्। ‘यो परिभाषा वैज्ञानिक छैन। यसले म्युजिक भिडियोलाई पनि चलचित्र मानेको छ। हामीले यसबारे जिज्ञासा राख्दा विकास बोर्डले यसलाई सच्याउने जवाफ दिएको छ। हेरौँ के हुन्छ,’ उनले भने।  

यो परिभाषा नसच्चिए के हुन्छ? 
प्रस्तावित चलचित्र विधेयकको मस्यौदाको परिच्छेद–२ मा उल्लेख भए अनुसार चलचित्र विकास बोर्डबाट इजाजतपत्र नलिई कसैले पनि स्वदेशी तथा विदेशी चलचित्रको निर्माण, वितरण वा प्रदर्शन गर्न/गराउन पाउने छैन। 

यसको अर्थ विधेयकले जसरी चलचित्रको परिभाषा गरेको छ त्यसअनुसार कथानक चलचित्र, वृत्तचित्र, कार्टुन चलचित्र, एनिमेसन चलचित्र, टेलिचलचित्र, चलचित्र नाटक, विज्ञापन चलचित्र र सांगितिक भिडियोलगायत सबै 'चल्ने चित्र'ले खिच्नुअघि बोर्डको अनुमति लिनुपर्नेछ। त्यति मात्रै होइन बोर्डले राखेका सर्त, इजाजतपत्रको अवधि र तिर्नुपर्ने दस्तुर पनि फर्स्योट गर्नुपर्नेछ।  र, त्यसरी तयार गरेर मात्रै पुग्दैन, त्यसलाई वितरण र प्रदर्शन गर्नु अघि पनि अनुमति अनिवार्य लिनै पर्छ। 

‘चलचित्र’को यो परिभाषामा राज्यको दृष्टिकोण परिवर्तन भएन भने र यही विधेयक संसद्‍बाट पारित भयो भने कुनै विदेशी नागरिकले नेपालमा विदेशी चलचित्रको छायांकन गर्न चाहेमा त्यस्तो छायांकनका लागि पनि बोर्डबाट स्वीकृति लिनु पर्नेछ। 

यसको अर्थ अब कोही विदेशी नागरिकले नेपालमा आएर क्यामेरा या मोबाइलबाट भिडियो खिच्दैछ भने त्यसमा पनि बन्देज लाउनुपर्‍यो। के थाहा राज्यको परिभाषाअनुसार उसले ‘चलायमान चित्र’ या ‘चलचित्र’ नै पो खिच्दैछ कि? 

बहसको दोश्रो श्रृंखलामा विधेयकमा राखिएको सेन्सरसम्बन्धी व्यवस्थामाथि चर्चा गर्नेछौं। प्रतीक्षा गर्नुहोला।

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्य पहिचान
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्य पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्