सिड्नी- अस्ट्रेलियाको सिड्नीमा लेखक नयनराज पाण्डेसँग पाठकहरुले अन्तरक्रिया गरेका छन्। लेखक पाण्डेले भने सोही क्रममा पहिलो पटक पाठकहरुमाझ आफ्ना कविताहरु वाचन गरे।
साताको साहित्य र नेपाली पत्र अस्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रममा पाठकहरुको बाक्लो उपस्थिति थियो।
देशबाट यति टाढा भएर पनि नेपाली साहित्यलाई सिड्नीका पाठकहरुले दिएको स्नेह र सम्मानलाई जिन्दगीभरी नबिर्सिने भन्दै लेखक पाण्डेले आफूलाई सुन्न यतिधेरै पाठकहरुको उपस्थिति होला भनेर अनुमान पनि नलगाएको बताए। लेखक पाण्डेका दुवै सन्तानले अस्ट्रेलियामा केही वर्षदेखि उच्च शिक्षा हासिल गर्दैछन्। त्यही क्रममा छोराको ग्राजुएसन सेरेमोनीका लागि अस्ट्रेलिया आएको पाण्डेलाई यताका पाठकहरुसँग साक्षात्कर गराउने जमर्को गरिएको थियो।
कार्यक्रममा लेखक पाण्डेले आफ्ना पुस्तकहरुमा हस्ताक्षर गरेका थिए।
लेखक तथा साताको साहित्यका सम्पादक निष्प्रभ सजीले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन नेपाली पत्रका सम्पादक ऋषि आचार्यले गरेका थिए।
पाण्डेका उलार, लू, यार जस्ता कृतिहरु चर्चित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।