काठमाडौं- उपन्यासकार हरि कटुवालको दोस्रो उपन्यास ‘रेडलाइट’ बजारमा आएको छ।
‘अधुरो सपना’ कटुवालकाे पहिलाे उपन्यास हाे। लेखक कटुवालले उपन्यासमार्फत समाजिक यथार्थलाई उजागर गरेका छन्।उपन्यासमा वेश्यावृत्ति र महिला हिंसाका घटनासहित सामाजिक कुरीतिका विषय समेटिएका छन्।
उपन्यासकार कटुवालका अनुसार रेडलाइट उपन्यासमा उनले कथाको परम्परागत शैलीलाई भन्दा विषयवस्तुको प्रभावलाई बढी महत्त्व दिएका छन्। राइटर्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय २५ रहेको छ।
गीत लेखनमा पनि कलम चलाउने उनको नयाँ गीत ‘नाचौं छमछम’ यसै महिना युट्युबमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।