काठमाडौं- आन्तरिक राजश्व कार्यालय नयाँ सडकले व्यापारी अनिल केडियाको कम्पनी अनिल ट्रेड कन्सर्नमाथि ५६ करोड कर निर्धारण गरेको छ।
सो कम्पनीको ६ वर्षको कारोबारमा ४० करोड आयकर र १६ करोड मूल्य अभिवृद्धि कर निर्धारण भएको हो।
आर्थिक वर्ष २०६८/६९ देखि २०७५/७६ सम्म कम्पनीले करयोग्य रकम लुकाएर कर छली गरेको थियो।
गत पुस २५ गते कर छली गरेको भन्दै उजुरी परेपछि सो कम्पनीमा कार्यालयले आकस्मिक अनुगमन गरी कम्पनीका कारोबारका कागजात नियन्त्रणमा लिएको थियो।
उसले सामसुङ र सोनी ब्रान्डका टिभीसमेत एसेम्ब्लिङ गरी बजारमा बिक्री गरेको पाइएपछि कार्यालयले आवश्यक अनुसन्धान गरी कागजात छानबिन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।