काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन कारोबार प्रणालीले बिहीबार हालसम्मकै उच्च संख्यामा कारोबार गर्दै नयाँ रेकर्ड राखेको छ।
नेप्सेका अनुसार बिहीबार अनलाइन प्रणालीमार्फत २९ हजार ४ सय ९६ वटा कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन्।
बिहीबारको कारोबार संख्यामा सबैभन्दा बढी योगदान रसुवागडी हाईड्रोपावर कम्पनीको रहेको छ।
उक्त कम्पनीको मात्र १२ हजार ५ सय ९ वटा कारोबार भएको छ। त्यसैगरी, साञ्जेन जलविद्युत कम्पनीको ११ हजार ९ सय ९१ वटा कारोबार भएको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।