काठमाडौं- स्वयम्भूको विजेश्वरीमा गोली चलेको छ।
अपराध महाशाखाको टोलीले गोली प्रहार गरी लोप्चन लामा भन्ने मिलन तामाङलाई पक्राउ गरेको हो। उनको दुवै घुँडामुनि २ वटा गोली लागेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेका थिए। नदिए छोरी मार्ने धम्की दिएका थिए। उनी लुटेरा रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।