नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ श्रावण २५ शनिबार | Saturday, August 10, 2019 २०:३०:०० मा प्रकाशित

काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू

१) लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धि कसैले उल्ट्याउन नसक्ने नेकपा अध्यक्ष दाहालको दाबी, इतिहास उल्ट्याउन प्रयास गर्नेलाई फोहरको थुप्रोमा मिल्क्याइने चेतावनी

२) अनिवार्य प्यान लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने साना तथा मझौला व्यवसायीको भनाइ, फस्टाउदै गएको उद्योगको विकासमा नकारात्मक असर पार्ने दाबी

३) न्यूनतम पारिश्रमिक लगायतका सेवासुविधा नपाएको भन्दै दैनिकजसो ६ देखि ७ वटा उजुरी, श्रम कार्यालय भन्छ– उजुरीको संख्या ९ सय ४९ पुग्यो

४) इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शानदार सुरुवात, नर्विच सिटीसंगको खेलमा ४–१ गोल अन्तरले विजयी

५) र, भारतको जम्मु नगरपालिकाका सबै क्षेत्रबाट धारा १४४ हटाइएको घोषणा, कश्मीरको अवस्था सामान्य बन्दै

अब पूरा समाचार भिडियोमा