काठमाडौं- प्रहरीले २२ ट्याक्सीलाई कारबाही गरको छ। आइतबार ती ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।
यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने २२ जना ट्याक्सी चालकहरु कारबाहीमा परेका हुन्।
केही दिनयता प्रहरीले सार्वजनिक सवारीका साधनमा निगरानी बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।