जनकपुरधाम- प्रदेश २ मा भाेलि सार्वजनिक बिदा घाेषणा गरिएको छ।
प्रदेश सरकारले मुश्लिमहरुकाे चाड बकरइद पर्वका अवसरमा सार्वजनिक बिदा घाेषणा गरेकाे हाे।
आइतबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले सोमबार साउन २७ गते बकरइदको अवसरमा सार्वजनिक बिदाको निर्णय गरेको हो।
प्रदेश २ सरकारले इस्लाम धर्मालबम्बीहरुको महान चाड ईद उल अजाह अर्थात बकरिदको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने सम्पूर्ण इस्लाम धर्मालबम्बीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
भाइचारा, सुख शान्ति अभिवृिद्धको कामना गर्दै भाइचारको महत्वपूर्ण पर्व इद उल अजाह हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबुु राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी प्रदेश ५ सरकारले समेत सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उता संघीय सरकारले भने मुस्लिम कर्मचारीका लागि मात्र बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।