काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले 'भिजिट नेपाल २०२०' सफल बनाउन आवश्यक पहलकदमी अगाडि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई निर्देशन दिएका छन्।
विमानस्थलको निरीक्षणमा पुगेका मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई ८ बुँदे निर्देशन दिएका हुन्।
मन्त्री अधिकारीले राति १२ बजेपछि उडान तथा अवतरण गर्ने वायुयान कम्पनीलाई विमानस्थलमा लाग्ने नेभिगेसन सेवा शुल्क एवं नेपाल वायुसेवा निगमबाट प्रदान गरिने ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा दिने सकिने सहुलियत रकम र यसबाट बढ्न सक्ने उडान संख्याको निर्क्यौल गर्ने निर्देशन दिए। उक्त विषयमा अध्ययन गरी ७ दिनभित्र मन्त्रालयमा पेस गर्न उनले निर्देशन दिए।
यसैगरी हवाई इन्धनको मूल्य अन्य विमानस्थलको तुलनामा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलममा सबैभन्दा महँगो रहेको गुनासो सम्बोधन गर्ने गरी सरोकारवाला निकायसँग पनि छलफल गरी आवश्यक कदम चाल्न उनले निर्देशन दिएका छन्।
यसैगरी अनलाइन भिसा, रात्रिकालीन गुणस्तरीय ट्याक्सी सेवा, अध्ययनमा जाने विद्यार्थीबाट पनि पर्यटन वर्षको प्रचारप्रसार गर्ने गरी डेडिकेटेड काउन्टर सञ्चालन गर्नसमेत विमानस्थल कार्यालयलाई मन्त्री भट्टराईले निर्देशन दिए।
साथै, बुटिक विमानस्थलको उद्घाटनसमेत भिजिट नेपालको उद्घाटनसँगै गर्नेगरी काम गर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन्।
मन्त्री भट्टराईका ८ निर्देशन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।