नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 १९:१५:०० मा प्रकाशित

काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू

१) सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता, स्वास्थ्य अवस्था सन्तोषजनक रहेको निजी सचिवालयद्वारा जानकारी

२) शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न नेकपा अध्यक्ष दाहालको आग्रह, सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दाबी

३) भारतीय मेडिकल कलेजले श्रम शोषण गरेको भन्दै परराष्ट्रमन्त्रीलाई नेपाली डाक्टरको ज्ञापनपत्र, सेवा सुविधामा विभेद गरिएको भन्दै समाधान गराईदिन माग

४) इंग्लिस प्रिमियर लिगमा चेल्सी विरुद्ध म्यानचेस्टर ४–० गोल अन्तरले विजयी, लामपार्ड प्रशिक्षणको पहिलो खेलमै चेल्सीको खराब नतिजा

५) र, हङकङका विमानस्थलको मुख्य टर्मिनलमा प्रदर्शनकारी प्रवेश, सोमबारका सबै आगमन र प्रस्थान उडान रद्द

अब पूरा समाचार भिडियोमा