काठमाडौं- त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ।
सेन्टरको पाँचौं तलामा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ। आगलागी भएको केही समयमा नै नियन्त्रणमा आएकाले एउटा कोठामा मात्रै क्षति पुगेको छ।
कोठमा रहेका केही कागजात र कम्प्युटर जलेर क्षति भएको महानगरीय प्रहरी वृत महाराजगन्जक डिएसपी फणीन्द्र प्रसाइले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।