धुलाबारी प्रहरीको हिरासतबाट २ भारतीय थुनुवा फरार

नेपाल लाइभ | २०७६ श्रावण २८ मंगलबार | Tuesday, August 13, 2019 १३:१७:०० मा प्रकाशित

काठमाडौं- इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतबाट २ थुनुवा फरार भएका छन्।

अभद्र व्यवहारमा पक्राउ परेका भारतीय नागरिक दार्जिलिङ अल्छिया बजारका २६ वर्षीय गणेश कामती र सोही ठाउँका २९ वर्षीय कृष्ण मण्डल फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

उनीहरु आइतबार राति थुनाको ताला फोडेर भागेका हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

त्यसबेला ड्युटीमा रहेका एक प्रहरी जवानलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ। (प्रतिकात्मक तस्बिर)

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान