राजविराज– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुरामा आगलागी हुँदा ५ घर जलेका छन्।
आगलागीमा महन्थी मुखियाका ३ र देवीलाल मुखियाका २ वटा घर जलेर करिब १० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ।
आगलागीमा घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको गाउँपािलकाको विपद् जोखिम न्यूनीकरण अधिकृत राजेश कुमार झाले बताए। आगलागिको कारण खुलेको छैन।
अग्नीपीडितहरुलाई गाउँपालिकाले तत्कालै १०/१० किलो मुरही, ५/५ किलो च्यूरा, दुई/दुई थान त्रिपाल, १० लिटरको बाल्टिनलगायतका राहत सामग्री उपलब्ध गराएको अध्यक्ष सतिशकुमार सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।