पोखरामा चोरी गरेका सामान काठमाडौंमा बिक्री, ११ वटा वडा कार्यालय चोरी गर्ने २ जना पक्राउ

नेपाल लाइभ | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 ११:४६:०० मा प्रकाशित

काठमाडौं- पोखराका ११ वटा वडा कार्यालयमा चोरी गर्ने चोर समातिएका छन्। चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ घर भई पोखरा कालिकाचोक बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका-१२ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली छन्। 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए।

उनीहरुले पोखरा महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा रहेका कम्प्युटर, ल्यापटपलगायतका सामानहरु चोरी गरेका थिए। प्रहरीले उनीहरुको साथबाट १७ थान मोनिटर, ९ थान सिपियु, ३ थान ल्यापटप बरामद गरेको छ।

पक्राउ परेका मध्ये थापाले सामान चोर्ने र चोरीको उक्त सामान काठमाडौंमा कम्युटर सोलुसन सञ्चालन गरेर बसेका गोपालीलाई बेच्ने गरेको पाइएको एसपी कार्कीले बताए।

विगत केही समयदेखि पोखराका वडा कार्यालयदेखि अन्य पसलहरु पनि धमाधम चोरी हुन थालेपछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा साउन २६ गते कास्की प्रहरीले पोखराको सहिदचोकबाट थापालाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा प्रहरीले चोरीका सामान किन्ने गोपालीलाई काठाडौंबाट पक्राउ गरेको हो।

स्वर्ण रजत कास्य जम्मा
भारत
८१ ५९ २५ १६५
नेपाल
४१ २७ ४८ ११६
श्रीलंका
२३ ४२ ६९ १३४
पाकिस्तान
१९ २५ २९ ७३
बंगलादेश
१८ ५१ ७३
माल्दिभ्स
भुटान