नेपालले मलेसियन लिग विजेता क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाल लाइभ | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 १५:०६:०० मा प्रकाशित

काठमाडौं - विश्वकप फुटबट छनोट अन्तर्गत दोस्रो चरणका खेल खेल्नुअघि नेपालले मलेसियको लिग विजेता क्लब जोहोर दारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

खेल आउँदो भदौ ९ गते मलेसियामा नै हुनेछ। नेपालले जोहोर एफसीसँगको मैत्रीपूर्ण खेल खेलेको १० दिनपछि भदौ १९ मा कुवेतसँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्नेछ।  

‘मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो कुरा हो, मलेसियन क्लब हामीसँग खेल्न राजी भएकोमा हामी आभारी छौँ। यसले हामीलाई तयारीमा राम्रो अवसर मिल्नेछ’ नेपाली टोलीका प्रशिक्षक योहान कालीनले भनेका छन्, ‘कुवेतले पछिल्लो समय राम्रो नतिजा निकालिरहेको छ, उनीहरुले धेरै खेल खेलिरहेका छन्, हामी कहाँ छौँ भन्ने बुझ्न पनि धेरै खेल खेल्न आवश्यक नै छ।’

नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १–० ले पराजित भएको थियो।

विश्वकप छनोटमा कुवेतसँगको खेलपछि नेपालले चाइनिज ताइपेइसँग भदौ २४ गते चाइजिन ताइपेइमा नै खेल्नेछ। असोज २८ गते जोर्डनसँग जोर्डनमा नै खेल्नेछ। मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ।

यस्तै नेपालले अस्ट्रेलियासँगको पहिलो खेल अस्ट्रेलियाको मैदानमा असोज २३ गते र अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।

फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो। 

दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
 

स्वर्ण रजत कास्य जम्मा
भारत
८१ ५९ २५ १६५
नेपाल
४१ २७ ४८ ११६
श्रीलंका
२३ ४२ ६९ १३४
पाकिस्तान
१९ २५ २९ ७३
बंगलादेश
१८ ५१ ७३
माल्दिभ्स
भुटान