• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

श्रीमान्‌को मृत्युको खबरपछि श्रीमतीको सुसाइड नोट- हाम्रो लासलाई सँगै राखिदिनु

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  १३:१५
1140x725

इटहरी- वैदेशिक रोजगारीका क्रममा कतारमा श्रीमान्‌ ललितबहादुर लिम्बूको मृत्यु भएको खबर सुनेपछि मोरङको सुन्दरहरैचा-५ की टीकाकुमारी लिम्बूले आफूलाई सम्हाल्न नसकेर मृत्यु रोजिन्।

आइतबार साँझ आत्महत्या गर्नुअघि टीकाले 'सुसाइड नोट'मा लेखिन्- 'हामी बूढाबूढी सँगै बाँच्न नसके पनि सँगै मर्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।'

साउन २५ गते शनिबारको रात। ललित भोलिपल्टको छुट्टी अघिल्लो रातदेखि नै मनाउने सुरसारमा थिए। कतारको दोहामा कार्यरत उनी आइतबार परेको बकर इदको बिदा मनाउन अघिल्लो दिन नै साथीहरुसँग समुद्री किनारतर्फ लागे। उनीसँग ४ जना साथी पनि थिए।

अलिक चञ्चले स्वभावका ललित किनारबाट समुद्रतर्फ केही परसम्म पुग्ने कोसिसमा थिए। त्यहीबेला आएको सामुद्रिक छालले लपेटेर लग्यो। बिदाको रमाइलो मनाउन सँगै गएका साथी किनारमै हल न चल रहे। ललित समुद्रमा समाहित भएको टुलुटुलु हेर्नुसिवाय उनीहरुका लागि अन्य केही उपाय रहेन।

दसैंमा घर आउने वाचा गरेका उनी इदको छुट्टीमै सधैंका लागि बिदा भए।

उक्त दुर्घटना हुँदा नेपालमा बिहानको ३ बजेको थियो। घरमा सबै जना सुतेका थिए। तर, बिहान उठ्नेबित्तिकै परिवारले नचिताएको र कहिल्यै सुन्न नपरोस् भन्ने खबर सुन्नुपर्‍यो।

छोराबुहारी नै गुमाएपछि शोकाकुल परिवार।

घटना भएको करिब ३ घन्टापछि अर्थात् बिहानको ६ बजेतिर उनका साथीहरुले परिवारमा खबर गरिदिएका थिए। खबर पाउनासाथ परिवारमा रुवाबासी सुरु भयो। श्रीमती टीका बेहोस भइन्। करिब २ घन्टापछि उनी होसमा आएकी थिइन्।

000

Ncell 2
Ncell 2

१३ वर्षदेखि कतारमा कर्म गरिरहेका ललितको प्राण पनि कर्मभूमि अर्थात् मरुभूमिमा गयो। टीकाकुमारी र ललितको पहिलो भेट त्यही मरुभूमिमा भएको भयो, जहाँ ललितले अन्तिम स्वास फेरे।

११ वर्षअगाडि कामदारकै रुपमा टीका कतारमा थिइन्। चितवन घर भएकी उनी उमेरमा ललितभन्दा ६ वर्ष जेठी थिइन्। त्यो बेलासम्म अविवाहित रहेकी टीका र ललितको मन मिल्यो। मायाको अगाडि उमेर बाधा बन्नेवाला थिएन। ६ वर्ष जेठी प्रेमिकासँग विवाह गर्न राजी भए ललित। दुई वर्षअघि मात्रै टीकालाई उनले घर भित्र्याएका थिए।

तर, ललितसँग उनको औपचारिक विवाह भने भएको थिएन। दसैंमा ललित घर आउने र विवाह गर्ने योजनामा थिए दुवै।

ललित र टीकाकुमारी।

यहीबीचमा कतारको कमाइले धरान-१५ मा घर बनाउँदै थिए। ललितको जीवनको ठूलो सपना थियो घर।

टीकाले सुसाइड नोटमा देवर विपीनलाई उद्धृत गर्दै लेखेकी छिन्, ‘धरानको घर ललितको ठूलो सपना हो। बाबा-ममीलाई राखिदिनु।’

धरानमा घर ठडिइसकेको छ। अब अन्तिम चरणको मात्रै काम बाँकी छ। त्यही नयाँ घरमा विवाह गर्ने योजनामा थियो परिवार। तर, नयाँ दुलहा-दुलहीलाई स्वागत गर्नुको साटो दुवैलाई अन्त्येष्टि गर्नुपर्ने बाध्यता आइलाग्यो।

000

परिवारमा पूरै सन्नाटा छाइसकेको थियो। टीका मन बहलाउन घरभित्र/बाहिर गरिरहेकी थिइन्। केही क्षणमा कोठाभित्र पसेर रुने कराउने पनि गर्थिन्।

परिवारका अन्य सदस्य पनि सम्हालिने अवस्थामा थिएनन्। घरभरि रुवाबासी चलिरहेकै थियो। त्यहीबेला उनले सुसाइड नोट लेखेकी रहिछन्। साँझको ६ बजेतिर उनी नुहाउँछु भन्दै बाथरुम छिरिन्। मोबाइल साथमै लगेकी रहिछन्। ढोका बन्द गरेर सावर खोलिन्। सावरको आवाज बाहिरसम्म आएको थियो।

मोबाइलबाट चितवनमा रहेका आफ्ना भाइलाई म्यासेज गरिछन्। जहाँ उनले लेखेकी थिइन्- अब म बाँच्न सक्दिनँ।

टीकाको पेटमा ७ महिनाको बच्चा थियो। उनले पेटमा हुर्किंदै गरेको शिशुको पनि ख्याल गरिनन्। श्रीमान् नभएपछि जीवनको कुनै अर्थ नभएको बुझिन् सायद। त्यसपछि भेन्टिलेसनको रडमा सलको पासो लगाइन्।

करिब १५ मिनेटपछि उनका भाइले परिवारका अन्य सदस्यलाई सम्पर्क गरे। पहिला पनि पारिवारिक रुपमा खासै सम्पर्क नहुने गरेकोले ढिला गरी सम्पर्क भयो।

'दिदी कता छ?' भन्दै टीकाका भाइले फोनमा सोधे।

यताबाट जवाफ फर्काइयो, 'बाथरुमतिर नुहाउन छिरेकी छ।'

'हैन केही भयो कि, एकपटक हेर्नुपर्‍यो,' उनले अत्तालिएको आवाजमा भने।

त्यसपछि टीकालाई बाथरुमको ढोका खोल्न पटकपटक भनियो। भित्रबाट सावरबाट पानी झरिरहेको एकोहोरो आवाजमात्रै आइरहेको थियो। टीकाले कुनै प्रतिक्रिया नजनाएपछि अन्ततः ह्याम्मरले हानेर ढोका फोरियो।

टीकाका भाइले भनेजस्तै वास्तवमै भित्र केही भइसकेको थियो। छोरो गुमाएको शोकमा डुबेको परिवारलाई फेरि अर्को बज्रपात परेको थियो।

ललितका भाइ विपीनले तत्काल एम्बुलेन्स बोलाए। ‘नजिकै रहेको दीक्षित मेडिकलमा लगेर चेक गरेको धुकधुकी मात्र बाँकी छ, घोपा लैजानु भन्यो,’ विपीनले घटनाबारे बताए, ‘घोपा (बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान) पुर्‍याएको केही मिनेटमै भाउजू बित्नुभयो।’

टीकाकुमारी।

अझै पनि टीकाको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ। सुसाइड नोटमा ‘हाम्रो लास सँगै राख्नु’ भनिएको कारण ललितको शव नआउन्जेल उनको शव पनि सोही अस्पतालमै राखिने भएको छ। दूतावासमार्फत सम्पर्क भइरहेकोले आगामी आइताबारसम्म ललितको शव नेपाल आउने पारिवारिक स्रोतले जानकारी दिएको छ।

अहिले ललितको शवको पर्खाइमा छ, परिवार। 

यस्तो छ टीकाको सुसाइड नोट:
बाबु विपीन आइएमईमा १ लाख ५० हजार रुपैयाँ छ, निकाल्नु। ५० हजारको रसिद छ लगेर जानु। मेरो नागरिकता पनि लानु।

आमा, बाबा, दिदी, बहिनीको राम्रोसँग केयर गर्नु। हाम्रा सबै सपनाहरु अधुरा भए। धरानको घर पूरा गरेर बस्न सकेनौं।

पठाउने- इन्दिरा जोशी, कतार

पाउने- टिका कुमारी लिम्बु

१,००,००० छ।

पचास हजार ललितले पठाको हो।

नागरिकतामा रसिद छ लगेर जानु बाबु।

म आफूले आफैंलाई सम्झाउन नसकेर हो। कसैको दोष छैन। हामी बुढाबुढी सँगै बाच्न नसके पनि सँगै मर्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।

पैसा सुटकेसमा छ हेर्नु ल।

धरानको घर ललितको ठूलो सपना हो। बाबा, ममीलाई राखिदिनु।

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्