काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पनि स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ। ओलीलाई बुधबारदेखि नै खोकी लागेको बताइएको छ।
यसअघि प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएकाले सचिवालय बैठक बस्न सकेको थिएन। मंगलबार बोलाइएको बैठक त्यसयता बोलाउँदै र स्थगित हुँदै आएको छ।
साउन १३ मा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको रुचि बुझ्न समय उपलब्ध गराउने भन्दै स्थगित गरिएको थियो। बैठकले विभागहरूमा नेताहरुको बाँडफाँट र केन्द्रीय सदस्यहरूको जिम्मेवारी टुंगो लगाउने बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।