काठमाडौं– पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानको सिलसिलामा प्रहरीले टेलिभिजन पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ।
प्रहरीले आज साँझ न्युज २४ को कार्यालयबाट पक्राउ गरेको प्रहरी स्रोतको दावी छ।
‘जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो’, प्रहरी स्रोतले नेपाल लाइभलाई बतायो, ‘अनुसन्धान अगाडि बढाउन नियन्त्रणमा लिइएको हो।’
पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेमा उनीहरुको संलग्नताबारे अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।