काठमाडौं- पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबलको तयारीका लागि अफगानिस्तानसँग खेलिएको दुवै खेल नेपालले जितेको छ। प्रतिस्पर्धात्मक दुवै खेलमा नेपालले ३–२ को सेटमा जितेको हो।
बिहीबार भएको दोस्रो तयारी खेलमा लगातार दुई सेट हारेको नेपालले खेलमा फर्कंदै लगातार तीन सेट जितेको हो। आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको खेलमा पहिलो सेट २२–२५ र दोस्रो सेट १५–२५ ले हारेको खेलमा नेपालले तेस्रो सेट २६–२४ ले जितेको थियो।
२४–२४ को बराबरीमा पुगेको चौथो सेटमा नेपालले लगातार दुई अंक ल्याउँदै २४–२६ ले जितेको हो। अन्तिम निर्णायक सेटमा १५–१२ ले जित्दै नेपालले दुवै अभ्यास खेलमा अफगानिस्तानलाई हराउन सक्यो। पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबल भदौ २ गतेदेखि ७ गतेसम्म हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।