राजविराज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडग नगरपालिका ४ करमनीयामा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। चार जना घाइते भएको प्रहरीले जनाएको छ।
पश्चिम जाँदै गरेको जेएच १५ जे ३२०३ नम्बरको सुमो र पूर्व जाँदै गरेको को १ च ४२२८ नम्बरको मारुती भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मारुतीमा सवार इलाम नगरपालिका १ की ६० वर्षीया टेकमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
इलाम १ कै भ्यानका चालक सबिन लिम्बू, संगीता लिम्बू र सुमोमा रहेका आशुतोष साह घाइते भएका छन्।
दुवै गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।