नेकपा केन्द्रीय विभागहरुको नेतृत्व टुंगो लाग्यो, स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई (सूचीसहित)

डिबी खड्का | २०७६ श्रावण ३१ शुक्रबार | Friday, August 16, 2019 १४:२२:०० मा प्रकाशित

काठमाडौं- शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विभिन्न केन्द्रीय विभागहरुको नेतृत्व टुंगो लगाएको छ।

जसअनुसार पार्टीको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नायणकाजी श्रेष्ठले जानकारी दिए। यस विभागलाई लिएर नेताहरुबीच लामो समयदेखि नेतृत्व लिने चर्चा भइरहेको थियो। सोही पदका आकांक्षी प्रवक्ता श्रेष्ठले प्रचार विभाग प्रमुखमा चित्त बुझाउनु परेको छ।

श्रेष्ठका अनुसार विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई दिइएको छ। यस विभागको उपप्रमुखमा राम कार्की चयन भएका छन्। नीति अध्ययन प्रतिष्ठान विभागको प्रमुखमा झलनाथ खनाललाई जिम्मेवारी दिइँदा संगठन विभागको प्रमुखमा बामदेव गौतम चयन भएका छन्।

अर्थ योजना विभागको प्रमुखमा सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्यायले जिम्मेवारी पाएका छन्।

जनवर्गीय संगठनका इन्चार्ज, सहइन्चार्ज, विभिन्न आयोग तथा सम्पर्क समन्वय कमिटीको नेतृत्व भने टुंग्याउन बाँकी रहेको श्रेष्ठले बताए।

यसबाेहक आजै बसेको बैठकले सातै प्रदेश कमिटीका सह-इन्चार्जको समेत टुंगो लगाएको छ। जसअनुसार प्रदेश १ मा शेरधन राई र नरेश खरेललाई सह-इन्चार्जको जिम्मेवारी थपिएको छ।

प्रदेश २ को सह-इन्चार्जमा नागेन्द्र चौधरी र महेश पासवान, प्रदेश ३ मा हितमान शाक्य र काशीनाथ अधिकारी, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, प्रदेश ५ मा बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जमा भानुभक्त जैशी र खगराज भट्टलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेकपाको विभिन्न केन्द्रीय विभागको प्रमुख तथा उपप्रमुखको जिम्मेवारी टुंगो लगाउन बिहीबार नै बैठक बोलाइएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको थियो।

आज बालुवाटारमा बसेको बैठकले विभागहरूमा नेताहरुको बाँडफाँट र केन्द्रीय सदस्यहरूको जिम्मेवारी टुंगो लगाएको हो।

कसले कुन विभाग पाए ?

१    अर्थ तथा योजना विभाग      प्रमुख – सुरेन्द्र पाण्डे 
उपप्रमुख – डोरप्रसाद उपाध्याय 

२    उद्योग तथा वाणिज्य विभाग     प्रमुख – राधा ज्ञवाली   
उपप्रमुख – वामदेव क्षेत्री 

३    उपभोक्ता हित तथा आपूर्ति विभाग     प्रमुख – मातृका यादव 
उपप्रमुख – बलराम बास्कोटा

४    कृषि तथा भूमिसुधार विभाग    प्रमुख – चक्रपाणी खनाल  
उपप्रमुख – हरि पराजुली 

५    कोष तथा आर्थिक व्यवस्थापना विभाग     प्रमुख – हरिबोल गजुरेल 
उपप्रमुख – कृष्णगोपाल श्रेष्ठ  

६    खानेपानी तथा सरसफाई विभाग     प्रमुख – बिना मगर 
उपप्रमुख – ममता गिरी  

७    जलश्रोत, सिंचाई तथा उर्जा विभाग     प्रमुख – बर्षमान पुन  
उपप्रमुख – परशु मेघी गुरुङ  

८    निर्वाचन विभाग     प्रमुख – प्रदीप ज्ञवाली 
उपप्रमुख – खिमलाल देवकोटा 

९    न्याय, कानुन तथा मानवअधिकार विभाग     प्रमुख – रघुजी पन्त 
उपप्रमुख – मुक्तिनारायण प्रधान 

१०    पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग     प्रमुख – योगेश भट्टराई 
उपप्रमुख – पाशाङ शेर्पा 

११    प्रचार तथा प्रकाशन विभाग     प्रमुख – नारायणकाजी श्रेष्ठ 
उपप्रमुख – सूर्यबहादुर थापा  

१२    प्रादेशिक मामला विभाग     प्रमुख – घनश्याम भुसाल  
उपप्रमुख – परशुराम तामाङ 

१३    पार्टी स्कूल विभाग     प्रमुख – ईश्वर पोख्रेल 
उपप्रमुख – देवेन्द्र पौडेल  

१४    पुस्तकालय तथा अभिलेख विभाग     प्रमुख – नारायणप्रसाद शर्मा 
उपप्रमुख – ज्ञानबहादुर भुजेल  

१५    भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग     प्रमुख – रघुवीर महासेठ 
उपप्रमुख – हरि अधिकारी   

१६    युवा तथा खेलकूद विभाग     प्रमुख – टोपबहादुर रायमाझी  
उपप्रमुख – ठाकुर गैरे 

१७    राजकीय मामला तथा सुशासन विभाग         प्रमुख – रामबहादुर थापा  
उपप्रमुख – गुरु बराल 

१८    बन तथा वातावरण विभाग     प्रमुख – शक्ति बस्नेत  
उपप्रमुख – चुडामणी जंगली

१९    विज्ञान तथा प्रविधि विभाग     प्रमुख – गणेश शाह 
उपप्रमुख – अरुण नेपाल

२०    विदेश मामला विभाग     प्रमुख – माधवकुमार नेपाल 
उपप्रमुख – सुरेन्द्र कार्की 

२१    शिक्षा तथा मानवश्रोत विभाग     प्रमुख – गिरिराजमणी पोख्रेल  
उपप्रमुख – विजय पौडेल 

२२    श्रम तथा रोजगार विभाग     प्रमुख – गोकर्ण विष्ट 
उपप्रमुख – रामेश्वर राय यादव   

२३    संगठन विभाग     प्रमुख – वामदेव गौतम 
उपप्रमुख – जनार्दश शर्मा 

२४    संघीय संसदीय विभाग     प्रमुख – सुवास नेम्वाङ 
उपप्रमुख – देवप्रसाद गुरुङ  

२५    समाज कल्याण विभाग     प्रमुख – केशवलाल श्रेष्ठ  
उपप्रमुख – गोपाल ठाकुर  

२६    सहकारी तथा गरिवी निवारण विभाग     प्रमुख – विष्णु रिमाल 
उपप्रमुख – धर्मदत्त देवकोटा 

२७    शहरी विकास विभाग     प्रमुख – लेखराज भट्ट 
उपप्रमुख – जगन्नाथ खतिवडा 

२८    सामान्य प्रशासन विभाग     प्रमुख – लालबावु पण्डित 
उपप्रमुख – रेखा शर्मा  

२९    साहित्य, कला तथा संस्कृति विभाग     प्रमुख – मणी थापा 

३०    स्थानीय तह विभाग     प्रमुख – युवराज ज्ञवाली  
उपप्रमुख – उर्मिला अर्याल  

३१    स्वास्थ्य तथा जनसंख्या विभाग     प्रमुख – राजेन्द्र पाण्डे 
उपप्रमुख – अञ्जना विसंखे  

३२    नीति अनुसन्धान प्रतिष्ठान     संयोजक – झलनाथ खनाल  
सहसंयोजक – रामचन्द्र झा    

(घ) देहाय बमोजिमका कमरेडहरुलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी प्रदान गर्ने ः 

क्रम संख्या    नाम     जिम्मेवारी
१    श्रीराम ढकाल      कार्यालय सचिव 
२    ईश्वरी रिजाल       कार्यालय सचिव