जनकपुर- धनुषाबाट जबरजस्ती करणी मुद्दाका एक आरोपी प्रहरीको नियन्त्रणबाट फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय, धनुषाबाट जबरजस्ती करणी मुद्दाका अभियुक्त सिरहाका २० वर्षीय राममनी यादव फरार भएका हुन्। बिहीबार दिउँसो बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको बेला यादव फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।
उनलाई जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएका यादव मौका छोपी फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
फरार यादवको खोजीकार्य तीव्र पारिएको खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।