काठमाडौं- चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिका र चन्द्रागिरी नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो।
काठमाडौं महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरी नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए। 'काठमाडौं महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि रु एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ,' उनले भने।
उद्यानको बिहीबार शिलान्यास गरिएको छ।
चन्द्रागिरी नगरपालिकाको पर्यटकीय विकासका लागि केवलकार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने उनको भनाइ थियो।
उद्यान निर्माणसँगै नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।