काठमाडौं- जोन अब्राहमको एक्सन थ्रिलर फिल्म 'बाटला हाउस'ले तेस्रो दिनमा ९ करोडको व्यापार गरेको छ। फिल्मको कुल कमाइ रु ३३ करोड पुगेको छ।
तरण आदर्शको ट्विटअनुसार फिल्मले पहिलो दिन १५ दशमलव ५५ करोडको कमाइ गरेको थियो। दोस्रो दिनको कमाइमा केही गिरावट आएको थियो।
दोस्रो दिन फिल्मले ८ दशमलव ८४ करोडको व्यापार गरेको थियो। तेस्रो दिनको कमाइ भने दोस्रो दिन भन्दा निकै राम्रो भएको छ।
फिल्मलाई निखिल आडवाणीले निर्देशन गरेका हुन्। जोनको 'बाटला हाउस' स्टारर अक्षय कुमार अभिनित फिल्म 'मिसन मंगल'को रिलिजसँग जुधेको थियो। 'मिसन मंगल'ले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको छ।
'बाटला हाउस' २००८मा दिल्लीको जामिया नगर इलाकामा भएको मुठभेडको कथामा आधारित छ। फिल्ममा जोन अब्राहमसँगै मृणाल ठाकुर र रवि किशन पनि मुख्य भूमिकामा छन्। फिल्ममा जोनले एसपी सञ्जीव कुमार यादवको भूमिका निभाएका छन्।
मृणाल यस फिल्ममा जोनको पत्नीको भूमिकामा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।