काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ। आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँ तोकिएको छ। यसअघि शुक्रबार सुन तोलामा ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको भाउमा कमी आएको छ। चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदी तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।