काठमाडौं- भदौ १० गतेदेखि सुरु हुने 'नाडा अटो शो २०१९' मा विभिन्न कम्पनीहरुले नयाँ सवारी ल्याउने तीब्र तयारी गरिरहेका छन्। दुईपांग्रे तथा चारपांग्रे सवारी बिक्रेता कम्पनीहरुले अटो शोमा एकै ठाउँमा हजारौं उपभोक्ता सहभागी हुने भएकाले नयाँ मोडल ल्याउन लागिपरेका छन्।
त्यस्तैमा बेनेलीका दुई नयाँ मोटरसाइकल अटो शोमा आउने भएका छन्।
बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङले दुई नयाँ मोटरसाइकल लियोन्सिनो-२५० र टिआरके-२५० सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले २५० सिसी सेग्मेन्टको बढ्दो व्यापार र प्रतिस्पर्धालाई ध्यानमा राख्दै मोटरसाइकल सार्वजनिक गर्ने भएको हो। युवा पुस्तालाई आकर्षित गर्न कम्पनीले आकर्षक मोटरसाइकल ल्याइरहेको छ।
बेनेली लियोन्सिनो-२५० को यस वर्ष नाडा अटो शोबाटै बिक्रीको सुरुवात हुने भएको हो। मोटरसाइकलमा फोर स्ट्रोक-२४९ सिसी डिओएचसी सिंगल सिलिन्डर इन्जिन रहेको छ। यसले ९ हजार २ सय ५० आरपिएममा २५.८ बिएचपी पावरका साथै ८ हजार आरपिएममा २१.२ एनएम टर्क उत्पादन गर्छ। उक्त मोटरसाइकलमा ६ स्पिड गियरबक्स छ।
फ्रन्टमा २८० एमएम सिंगल डिस्क ब्रेक र रियरमा २४० एमएम सिंगल डिस्क ब्रेक लगाइएको छ। फ्रन्ट र रियरमा समान १७ इन्चको आल्मुनियम अलोय ह्विल दिइएको छ।
प्रतिलिटर २४.३९ किलोमिटर माइलेज दिने दाबी गरिएको यो मोटरसाइकलमा स्पिडोमिटर, टेकोमिटर, एबिएस लाइट, एबिएस, फ्युल गज, ट्रिप मिटर, इलेक्ट्रिक स्टार्ट, डबल प्रोजेक्टर हेडलाइट, एलइडी टेललाइटलगायतका विशेषता उपलब्ध छन्।
कम्पनीले अटो शोमा २५० सेग्मेन्टमै एड्भेन्चर मोटरसाइकल टिआरके-२५० पनि सार्वजनिक गर्ने भएको छ। यसमा २४९ सिसी फोर स्ट्रोक फ्युल इन्जेक्टेड लिक्विड कुल्ड इन्जिन छ। यो इन्जिनले ९ हजार २ सय ५० आरपिएममा २५.८ बिएचपी पावरका साथै ८ हजार आरपिएममा २१.२ एनएम टर्क उत्पादन गर्छ।
यसमा एबिएस लाइट, युएसडी फर्क, लार्ज विन्डस्क्रिन, एलइडी टेललाइट, स्पिडोमिटर, टेकोमिटर, एबिएस लाइटजस्ता विशेषता दिइएको छ। यो मोटरसाइकलले प्रतिलिटर २४.३९ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ।
साथै कम्पनीले नाडा अटो शोमा बेनेलीको बिएन २५१, टिएनटी १५, १५० आई मोटरसाइकल प्रदर्शनी तथा बिक्रीका लागि राखिने केटिएम इन्टरनेसनलका सेल्स एन्ड मार्केटिङ विजेन्द्र सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।