काठमाडौं- २०७५ सालको मदन पुरस्कार लेखक योगेशराजको उपन्यास ‘रणहार’ले पाउने भएको छ। त्यसैगरी जगदम्बाश्री पुरस्कार कवि काइँलालाई दिइने भएको छ।
आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो। गुठीले वषर्भरि प्राप्त २ सय ५७ पुस्तकबाट ७ पुस्तक छनोट गरेको थियो।
यिनै पुस्तकमध्ये छनोट गरेर 'रणहार'लाई प्रदान गर्न लागिएको गुठीका अध्यक्ष कुण्द दीक्षितले बताए।
गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान प्रदान गर्दै आइरहेको छ। पुरस्कार राशी रु २ लाख रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।