सूर्यनारायण यादवले राजीनामा फिर्ता लिए

नेपाल लाइभ | २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019 १७:५५:०० मा प्रकाशित

काठमाडौं– समाजवादी पार्टीका सांसद डा सूर्यनारायण यादवले बुझाएको राजीनामा फिर्ता लिएका छन्।

यादव सप्तरी १ बाट निर्वाचित भएका थिए।

उनले केही दिनअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए। तर राजीनामा सम्बन्धमा कुनै प्रक्रिया अघि बढेको थिएन।