काठमाडौं- १७ वर्षे हेलिकोप्टर सेवाबाट आन्तरिक उडान फिक्स विङ सेवामा प्रवेश गरेको श्री एयरलाइन्सले क्यु-४०० डास-८ जहाज काठमाडौं आइपुगको छ।
कम्पनीले क्यानडा-अमेरिका–दिल्ली हुँदै आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गराएको हो।
यो जहाज ८० सिट क्षमताको रहेको छ। योसँगै श्रीले छठौं जहाज पनि एक साता भित्रै नेपाल आउने जनाएको छ।
आजआएको जहाज र अर्को साता आउने जहाजसँगै श्रीसँग ६ वटा जहाज हुनेछन्।
एयरलाइन्सले केही दिनअगाडि मात्रै अन्तर्राष्ट्रिय उडानका लागि भारतको दिल्ली, कोलकात्ता, बैंगलोर, अहमदावाद र ढाका उडानको अनुमति पाएको थियो।
एयरलाइन्सले अहिले आन्तरिक उडानमा विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज र धनगढीमा हवाई सेवा दिँदै आएको छ।
श्रीसँग अहिले सिआरजे कम्पनीका ४ वटा जहाज छन्।
थप जहाज आएसँगै एयरलाइन्सले पोखरा, सिमरा र जनकपुरमा उडान गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।