काठमाडौं- पूर्वराजदूत केशवराज झाको बवरमहलस्थित आफ्नै निवासको एकान्त कोठामा रहस्यमय तरीकाले हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
झाको हत्या भएको समयमा झाकै घरमा सुरक्षा गार्डको काम गर्ने सानुकान्छा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले काभ्रेबाट आइतबार उनलाई पक्राउ गरेको एसएसपी सहकुल थापाले बताए।
परिवारको किटानी जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ।
गत ३ भदौको राती चक्कु प्रहारबाट ८० वर्षीय झाको निर्मम हत्या भएको थियो। तर, प्रहरीले अहिलेसम्म अपराधको गुत्थी पहिल्याउन सकेको छैन।
सम्बन्धित समाचार
पूर्वराजदूत झाको हत्यारा पत्ता लगाउन सकेन प्रहरीले, यस्तो थियो घटना
पूर्वराजदूत झा हत्या : किन सुल्झाउन सकेन प्रहरीले रहस्य?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।