रोम- इटालीका प्रधानमन्त्री जिसेपी कोन्टेले छिट्टै राजीनामा दिने तयारीमा रहेको मङ्गलबार बताएका छन्।
मङ्गलबार दिउसो संसद्लाई गरेको सम्बोधनमा संसद्मा चलेको बहस सकिँदा बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजीनामा दिन लागेको खुलासा गरेका इटालीका सञ्चारमाध्यमहरूले जनाएका छन्। संसद्मा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको र प्रधानमन्त्रीले आफ्नो पक्षमा सांसदहरूको बहुमत नपुग्ने देखेपछि उक्त घोषणा गरेका बताइएको छ।
प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै इटालीका सञ्चारमाध्यमले भनेका छन्, 'संसद्को बैठक सकिँदासाथ मैले राष्ट्रपतिलाई सरकारमा रहँदाको अनुभव आदानप्रदान गर्ने र राजीनामा दिने निर्णय लिएको छु।'
प्रधानमन्त्रीको उक्त घोषणा सरकारमा दक्षिणपन्थी धारका गृहमन्त्री मट्टेओ साल्भिनीले यसै महिना (अगस्ट)को सुरूमा प्रधानमन्त्रीविरूद्ध संसद्मा अविश्वासको मत दर्ता गराएपछि प्रधानमन्त्री राजीनामा दिने सोचमा पुगेका थिए।
इटालीमा प्रधानमन्त्रीलाई हटाई मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारीसाथ बहुमत सांसदहरूको सहयोगमा गृहमन्त्रीले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।