• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

काश्मीर : द्वन्द्वको दलदलमा भाजपाको समृद्धि

64x64
नेपाल लाइभ बुधबार, भदौ ४, २०७६  ०९:२८
1140x725

भारत सरकारले संविधानको धारा ३७० र ३५ 'ए' खारेज गर्दै काश्मीरलाई दिएको विशेषाधिकार खोसेको छ। विधि र नियमको हिसाबले यो भारत सरकारको कदम हो। व्यवहारत: भने भारतीय जनता पार्टी (भाजपा) को हिन्दुवादी अहंकारको परिणाम। भाजपाको यो उन्मादले रैथाने काश्मीरवासीको पीडा अझ गहिरो बनाएको छ।

काश्मीरको भारतमा विलयसँगै काश्मीरवासीको मनमा पीडाले स्थायी बास जमाएको छ। भाजपा नेतृत्वको सरकारले चालेको पछिल्लो कदमले काश्मीरवासीको स्थायी पीडाको आयतन थप फराकिलो बनाएको छ। यो पीडाले कुन रुप लिन्छ? त्यो भविष्यले बताउँदै जाला। तर, काश्मीरवासीको यो पीडामा भारतभन्दा कमजोर राष्ट्रहरु बोल्न सकेका छैनन्।

भारतसँग पौंठेजोरी खोज्न सक्नेहरु नाफाघाटा वा भारतसँगको सम्बन्धको आधारमा प्रतिक्रिया जनाइरहेका छन्। भारतभित्रका अधिकांश मानिस भने खुसी देखिन्छन्। सिने क्षेत्रका हस्तीहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको महिमा गाइरहेका छन्। यो मामिलामा तटस्थ बस्नेलाई पनि पीडा हुँदैन। बस्, पीडा छ त रैथाने काश्मीरवासीलाई।

सन् १९४७ को विभाजनमा भारत र पाकिस्तान अलग राज्य भए। त्यो बेला काश्मीर पनि एउटा स्वतन्त्र राज्य थियो। काश्मीरको स्वतन्त्रता पाकिस्तान र भारत दुवैलाई रुचिकर थिएन। तात्कालीन भारतीय प्रधानमन्त्री जहरलाल नेहरुले 'काश्मीर भारतमा आउँदैन भने पाकिस्तानतिर जाओस्, तर स्वतन्त्र नरहोस्' भनेका थिए रे। नेहरुले किन काश्मीर स्वतन्त्र रहेको हेर्न चाहेनन्? त्यसका तात्कालीन राजनीतिक, कूटनीतिक, सामरिक कारण वा महत्व थिए होलान्। तर, त्यो बेला काश्मीरको स्वतन्त्रता भारत र पाकिस्तान दुवैलाई मन्जुर थिएन।

भारतीय सरकारको कदमले लगानी भित्रिएर काश्मीरको चोला फेरिन्छ भन्ने विद्धान्‌हरु नेपालमा पनि छन्। तर, रैथानेको रहरलाई दबाएर दुनियाँमा समृद्धि बिरलै आएको छ। अपनत्व नभएको विकासका योजनाले न त गति लिन्छ न त्यसको प्रभावकारिता नै रहन्छ।

भारतमा गाभिएपछि जम्मू र काश्मीरलाई अन्य राज्यको भन्दा फरक स्थान दिइयो। त्यो बेला भारतका प्रधानमन्त्री नेहरु नै थिए। विशेषाधिकारको केही विशेषतामध्ये एक भूमिमाथिको स्वामित्व हो। बाहिरको मान्छेले काश्मीरको जमिन किन्न नपाउने हुँदा यहाँको जमिन रैथाने काश्मीरवासीसँगै रहँदै आयो। यही कारण आजको भूमण्डलीकरणको समयमा काश्मीरमा लगानी भित्रिएन र काश्मीर पछाडि पर्दै गयो भन्ने तर्क पनि छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनले पनि यही कुरालाई इंगित गरेको छ।

भारतीय सरकारको कदमले लगानी भित्रिएर काश्मीरको चोला फेरिन्छ भन्ने विद्धान्‌हरु नेपालमा पनि छन्। तर, रैथानेको रहरलाई दबाएर दुनियाँमा समृद्धि बिरलै आएको छ। अपनत्व नभएको विकासका योजनाले न त गति लिन्छ न त्यसको प्रभावकारिता नै रहन्छ।

विकासको आधारभूत सिद्धान्तअनुसार यसको लागि काम गर्नुपर्छ वा हुनुपर्छ। तर, काम त्यसै हुँदैन। कामको लागि नेतृत्वको चाहना र श्रोतसाधनको व्यवस्थापनले मात्र पनि पुग्दैन। कुनै काम सम्पन्न हुन उचित वातावरणसमेत हुनुपर्छ। यसको लागि शान्तिशुरक्षा पहिलो सर्त हो। तर, जहाँ कर्फ्यू लगाएर कुनै पनि भूगोल वा स्थान विशेषमा बस्ने मानिस वा समुदायको विशेषाधिकार निलम्बन गरिन्छ, ति मानिसले कर्फ्यू हटेपछि प्रशासन तथा राजनीतिक नेतृत्वलाई तालीले स्वागत गर्दैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतको कुनै पनि सरकारमाथि काश्मीरवासीको भरोसा थिएन। पछिल्लो कदमले उनीहरुको शंकालाई अझ गहिरो बनाइदिएको छ।

काश्मीरवासीले निश्चय नै भाजपा सरकारको कदमलाई प्रतिरोध गर्नेछन्। यसका केही झलकहरु देखिन थालेका छन्। निसन्देह काश्मीर थप अशान्त हुन्छ। तत्काल अशान्त नहोला। वा तत्काललाई अशान्तको मात्रा कम होला।

भारतका मुख्य दलले काश्मीरमा क्षेत्रीय दल तथा नेतालाई प्रयोग गर्दै आएका छन्। यसकारण भारतको मुख्य दलको राजनीतिक अभिष्ट काश्मीरवासीले राम्ररी बुझेका छन्। भारतको कुनै पनि सरकारमाथि काश्मीरवासीको भरोसा थिएन। पछिल्लो कदमले उनीहरुको शंकालाई अझ गहिरो बनाइदिएको छ। शंकाको दायराले विश्वासको आयतन खुम्चाउँदै लगेपछि सहकार्य र मित्रताको सम्भावना क्षिण भएर जान्छ। सत्रुता अझ बढेर जान्छ। भारतको केन्द्रीय सरकार र काश्मीरवासीको सम्बन्ध दुःखद हुने सम्भावना देखिएको छ।

एकथरि विश्लेषक वा विद्धान काश्मीर मामिलालाई बेलायतीको ‘फुटाउ र राज गर’ नीतिको परिणाम ठान्छन्। तर, उनीहरु भुल्छन् कि राजनीति आफैंमा शक्तिको खेल हो। बुझ्नुपर्ने यो हो कि अरुले षडयन्त्र गरे भन्नेहरुले चाहिँ के गरे? उनीहरुले काश्मीरको जमिन मात्र खोजे कि काश्मीरवासीको मानवअधिकार र स्वतन्त्रतालाई ध्यान दिए?

प्रधानमन्त्री मोदीले काश्मीरवासीको हितकै लागि पछिल्लो कदम उठाएको बताउँछन्। मोदीका अनुसार भारतको केन्द्रीय सरकार र बाह्य लगानीले काश्मीरमा उद्योगधन्दा खोलिनेछन्। यसले रोजगारीको अवसर सृजना हुनेछ। रोजगारीको सृजनाले काश्मीरवासीको आयआर्जन वृद्धि हुनेछ अनि उनीहरुको जीवनस्तर उकासिनेछ।

तर, काश्मीरमा समृद्धिको सम्भावना देखाउने मोदीको कदम भने द्धन्द्ध निवारणको सिद्धान्तविरुद्ध छ। काश्मीरमा विकास र समृद्धि ल्याउन त्यहाँका राजनीतिज्ञ, नागरिक समाज, वुद्धिजिवी र सामान्य नागरिकसँग सरसल्लाह गरेर कदम चाल्नुपर्थ्यो। तर, मोदी सरकारले त्यहाँ सबै मानिसलाई घरभित्रै कैद गरेर एकतर्फी योजना सुनाएको छ। यसले अवसर सृजना गर्ने मोदीको योजनाले मुल काश्मीरवासी विश्वस्त पार्दैन।

एकातिरबाट शंकाको तिर छोडेपछि अर्काेतिरबाट पनि चल्छ। यो शंकाको दलदलमा भाजपाले भने जस्तो 'काश्मीरमा समृद्धि आउँछ' भन्न सकिँदैन। तर, अतिवादी हिन्दुको आडभरोषाले भाजपा भने अझ समृद्ध हुनसक्छ। तसर्थ, मोदी सरकारको कदमले काश्मीरवासी जति पिडीत हुन्छन्, उति नै समृद्ध हुनसक्छ भाजपा।

अर्काेतिर काश्मीरको विशेषाधिकार खारेजीसँगै काश्मीरको भू-स्वामित्वमाथि हस्तक्षेपको बाटो खुलेको छ। आजको युगमा भू-स्वामित्व रैथानेहरुको नाममा मात्र सिमित हुनु तर्कसंगत छैन। तर, यो कदम काश्मीरवासीलाई विश्वासमा लिएर गर्नुपर्थ्यो। अविश्वासले आगोमा घ्यु थप्ने काम गरेको छ। रैथाने काश्मीरवासीलाई भारत सरकारमाथि पहिलेदेखि नै अविश्वास थियो। हाल त्यो अझै बढेर गएको छ।

यो अविश्वासको मात्राले द्वन्द्वलाई पनि बढाउँछ। द्वन्द्वले चुनौती दिने भनेको शान्तिसुरक्षालाई हो। शान्तिसुरक्षाको चुनौती भएको ठाउँ लगानीमैत्री हुँदैन। अर्काेतिर शान्तिसुरक्षाको चुनौतीले राज्यकोषको धेरै रकम सुरक्षा व्यवस्थामा खर्च गर्नुपर्ने हुन्छ। काश्मीरमा पहिलेदेखि ने यस्तै अवस्था छ र यस्तो खर्च अझ बढेर जान सक्छ। पछिल्लो कदम चाल्नुअघि भारत सरकारले काश्मीरमा थप ३८ हजार सेना परिचालन गरेर यसको संकेत गरिसकेको छ।

भारत सरकारको कदमसँग दुई धार्मिक समुदाय जोडिन पुग्नु थप ठूलो खतराको संकेत हो। सरकारको नेतृत्व गरिरहेको भाजपाको पहिचान नै हिन्दुवादी पार्टी हो। ऊ हिन्दुइतर समुदायसँग असहिष्णु छ भन्ने तथ्यहरु स्थापित भइसकेका छन्। उसको मुस्लिम समुदायमाथिको क्रुरता अझ बढी छ।

राजनीतिमा कपाल फुलाएका मोदीलाई अविश्वास बढाएर शान्ति र समृद्धि आउँदैन भन्ने राम्रैसँग थाहा छ। तर, शक्तिको उन्मादले उनको अवचेतन चाहनालाई उक्स्याएको छ। भाजपाले रोपेको द्वन्द्वको यो वृक्ष लामो समय मौलाउन सक्छ।

काश्मीर आफैंमा मुस्लिम बाहुल क्षेत्र हो। जहाँ हिन्दुको उपस्थिति बढी भएको क्षेत्रबाट कर्फ्यू हटाउन सुरु गरिएको छ। यो आफैंमा काश्मिरी मुसलमान माथिको शंका पनि हो। एकातिरबाट शंकाको तिर छोडेपछि अर्काेतिरबाट पनि चल्छ। यो शंकाको दलदलमा भाजपाले भने जस्तो 'काश्मीरमा समृद्धि आउँछ' भन्न सकिँदैन। तर, अतिवादी हिन्दुको आडभरोषाले भाजपा भने अझ समृद्ध हुनसक्छ। तसर्थ, मोदी सरकारको कदमले काश्मीरवासी जति पिडीत हुन्छन्, उति नै समृद्ध हुनसक्छ भाजपा।

जम्मू र काश्मीरको विशेषाधिकार खारेजी अन्य धर्ममाथि असहिष्णु मोदी सरकारको अर्काे एक कदम मात्र हो। राजनीतिमा कपाल फुलाएका मोदीलाई अविश्वास बढाएर शान्ति र समृद्धि आउँदैन भन्ने राम्रैसँग थाहा छ। तर, शक्तिको उन्मादले उनको अवचेतन चाहनालाई उक्स्याएको छ। भाजपाले रोपेको द्वन्द्वको यो वृक्ष लामो समय मौलाउन सक्छ। यसको राजनीतिक मुनाफामा पनि भाजपाले लामै समयसम्म लिनसक्छ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्