काठमाडौं- भारतीय प्रहरीले राज्य सभा सदस्य, कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री केन्द्रीय मन्त्री पी. चिदम्बरम्लाई बुधबार राती घरबाटै पक्राउ गरेको छ।
उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ। उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने यो माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए। अदालतले उनको माग अस्वीकार गरेको थियो। त्यसलगत्तै उनी फरार भएका थिए।
उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो। त्यहाँ उनी थिएनन्।
प्रहरीले चिदम्बरम्विरुद्ध सूचना जारी गरेको थियो। उनलाई स्थल, जल, हवाई मार्गमा रोक्न भनिएको थियो। उनलाई अनुमतिविना देशबाहिर जान रोक्न सबैलाई अनुरोध गरिएको थियो। चिदम्बरमलाई उनको ठेगानामा फेला पार्न नसकेपछि यस्तो अनुरोध गर्नुपरेको अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका थिए।
चिदम्बरम्का पुत्र कार्ति चिदम्बरमले उक्त अवैध रकमबाट स्पेनमा टेनिस क्लब र बेलायतमा घर किन्नुका साथै विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको खुलासा भएको थियो। यसै विषयमा उनलाई थप सोधपुछ गर्न हिरासतमा लिनु परेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।