इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीरको विषयमा अब भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन्। उनले काश्मीरको विषयलाई लिएर दुवै परमाणु शक्तिसम्पन्न देशबीच सैन्य टकरावको खतरा बढेको पनि बताए।
न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानीका लागि धेरै पटक कोसिस गरेको तर मोदीले बेवास्ता गरेको बताएका छन्।
उनले भने, ‘मैले धेरै पटक कोसिस गरेँ तर मोदीले कुनै वास्ता गरेनन्, त्यसैले अब वार्ता गर्नुको कुनै औचित्य छैन। म अब योभन्दा बढी केही गर्न सक्दिनँ।’ एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।