काठमाडौं– प्रहरीले झापाबाट १ र दाङबाट २ जना गरी तीन जनालाई लाग'औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।
लाग'औषध नियन्त्रण ब्यूरो कोटेश्वरले दिएको सूचनाका आधारमा झापाको बिर्तामोड नगरपालिका–५ इलाम स्टेसनबाट १ जना ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ अतिथि सदन बस्ने ३६ वर्षीय राम कडेरिया क्षेत्री छन्। बा१६च १६९३ नम्बरको कार जाँच गर्ने क्रममा क्षेत्रीलाई ५२ ग्राम ब्राउन सुगरसहित समातिएको हो। प्रहरीले उनको कार समेत नियन्त्रणमा लिएको छ।
त्यसैगरी दाङबाट ब्राउन सुगरसहित घोराही उपमहानगरपालिका–१८ का ३६ वर्षीय सुनिल सिंह र सोही ठाउँका २८ वर्षीय विजय बुढा पक्राउ परेका छन्। उनीहरु घोराही उपमहानगरपालिका–१४ राप्ती टोलस्थित चन्द्रबहादुर डाँगीको घरमा डेरा भाडा लिएर बस्दै आएका थिए।
उनीहरुको डेरामा ब्राउन सुगरको कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनहिरुलाई पक्राउ गरेको हो।
टिभीको रिमोर्टभित्र लुकाएर राखेको ४४ पुरिया रभिक्सको बट्टाको पिँधमा लुकाएर राखेको १९ पुरिया गरी ६३ पुरिया ब्राउन सुगर प्रहरीले बरामद गरेको छ। बरामद ब्राउन सुगरको तौल ३ ग्राम १०५ मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
उनीहरुविरुद्ध लागुऔषध मुद्दामा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।