बजाजको चाडपर्व अफर 'बजाज भविष्यवाणी'

नेपाल लाइभ | २०७६ भदौ ६ शुक्रबार | Friday, August 23, 2019 १२:२७:०० मा प्रकाशित

काठमाडौं- दसैं र तिहारको उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारासहित ‘बजाज भविष्यवाणी’ सार्वजनिक गरेको छ। 

बजाजले ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ। दसैं र तिहार लयागत चाडपर्वको अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नुभन्दा अगाडि र किनेपछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको छ। 

बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन्। जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् र उनीहरुले बजाज मोटरसाइकलको खरिदपश्चात् फेरि अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन्। जसमा ग्राहकले १ लाखसम्मको नगद छुट पाउनेछन्। 

यस योजना अन्तर्गत ग्राहकहरुले ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नुअगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन्। 

यस योजनाको सुरु गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको बताए। यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्नेछन्। कम्पनीले आगामी दिनमा पनि यस्तै योजना ल्याउँदै जाने गोल्छाको भनाइ छ।