काठमाडौं- नेपाल प्रहरीका बहालवाला प्रहरी नै संलग्न भएको मिर्गौला तस्करी काण्डमा पक्राउ परेका चारै जना धरौटीमा रिहा भएका छन्।
काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई बेहोस बनाएर मिर्गौला निकाल्न भन्दै भारत पुर्याएको अवस्थामा महानरीय प्रहरी वृत महाराजगञ्जले चार जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी गण नम्बर १ का सई योगेन्द्रराज थपलिया, पूर्वहबल्दार थनितनसिंह गुरुङ, रमेश कार्की र नारायण पराजुली थिए। उनीहरूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएसँगै उनीहरु रिहा भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी कृष्ण चन्दका अनुसार सई थपलिया १ लाख ७५ हजार, थनित सिंह १ लाख ५० हजार र रमेश तथा नारायण जनही १ लाख १५ हजारमा रिहा भएका हुन्।
मिर्गौला बेचे धेरै पैसा आउने भन्दै सई थपलियालगायतले प्रभावमा पारेर खड्काको मिर्गौला निकाल्न लागिएको थियो।
वीर अस्पताल नजिकको एउटा क्लिनिकमा लगेर खड्काको मिर्गौला जाँच गरिएको थियो। मिर्गौला ठिक भएको रिपोर्ट आएपछि सुई लगाएर बेहोस बनाएर उनीहरूले खड्कालाई भारत पुर्याएका थिए। भारतबाटै प्रहरीले खड्कालाई उद्दार गरेको थियो।
सम्बन्धित समाचार
...अनि मिर्गौला बेच्न तयार भएँ [भिडियो]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।