• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

भारतमा बलात्कार प्रयासपछि नेपाली बालिकाको हत्या, न्याय खोज्दै चँदारा परिवार

64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १४:१५
1140x725

नयाँ दिल्ली- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटना प्रकरण एक वर्ष नाघिसक्दा पनि चर्चामै छ। प्रहरीले विभिन्न अनुसन्धान समिति बनाए पनि दोषी अझै पत्ता लाग्न सकेको छैन। सामाजिक सञ्जाल तथा मुलधारका मिडियामा निर्मला प्रकरणले निकै 'स्पेस' पायो। 

यसैबीच भारतमा बलात्कार प्रयासपछि एक ९ वर्षीया नेपाली बालिकाको हत्या भयो। तर, निर्मला प्रकृतिकै उक्त घटनाबारे खासै कसैको ध्यान तानेन। कारण मिडियामा यस घटनाले जति स्थान पाउनुपर्ने हो, त्यो पाएन। 

कसरी भयो घटना?
कामको खोजीमा साढे ३ वर्षअघि बाजुराको बुढीगंगा १ कुँडीबाट भारत पसेका थिए, देव चँदारा। बाजुरामा गुजारा गर्न गाह्रो भएपछि उनी एक्लै होइन पत्नी शान्ति, २ छोरा र २ छोरीसहित भारत आउन बाध्य भएका थिए। र, त्यहीँबाट सुरु भयो उनका दुःखका शृंखलाहरु।

नेपालका होस्टेल जस्तै भारतमा पिजी (पेइङ गेस्ट) हरु सञ्चालित छन्। भारतीय नागरिक बसिम अहमदले ३ वटा पिजी सञ्चालन गर्दै आएका थिए। सनु भनेर चिनिने बसिम अहमद मुस्लिम हुन्। बसिमको पूर्वी दिल्लीको सक्कपुरस्थित डि ब्लक १ सय १३ ए नम्बरको घरमा ड्युटी गर्दै आएका थिए, बाजुराका देव चँदारा। ४३ वर्षका उनीसँगै पत्नी शान्ति पनि थिइन्। दुवैलाई खान र बस्नको सुविधा दिइएको थियो। छोरा लक्ष्मीनगरस्थित एक होस्टलमा मजदुरी गर्थे।  

देवले होस्टेलमा सरसफाइको काम गर्थे भने शान्तिले होस्टेलमा बस्नेहरुलाई खाना पकाउँथिन्। 

साउन ५ गते घडीमा साढे १२ बजेर १० मिनेट गएको थियो। शान्तिले होस्टेलमा खाना पकाइरहेकी थिइन्। ९ वर्षिया सानी छोरी लक्ष्मी उनी खाना पकाइरहेको कोठामा पसिन्। पानीको बोतल लिएर एकैछिनमा फेरि आफू बास बस्ने कोठामा फर्किइन्।

दिल्लीको तातो गर्मीमा काम गरिरहेका देव पनि त्यसैबेला कोठामा फर्किंदै थिए। घरको गेटबाट बाहिर निस्किँदै गरेका मालिक बसिमसँग देवको ठ्याक्कै जम्काभेट भयो। 

'अर्को बिल्डिङको सफाइ भयो कि भएन?' बाइकलाई बिस्तारै हाँकिरहेका बसिमले सोधे। 

Ncell 2
Ncell 2
nimb
nimb

'भयो,' बिस्तारै पाइला चालिरहेका देवले जवाफ दिए। 

देव जब आफ्नो कोठाभित्र पसे, ९ वर्षिया सानी छोरी लक्ष्मी भुइँमा लडिरहेकी थिइन्। उनले ठाने– छोरी निदाएकी छिन्। सुस्तरी उनले छोरीलाई भने 'बाबु, माथी गएर चिसो पानी लिएर आऊ न।’

बलात्कार प्रयासपछि हत्या गरिएकी बालिका

छोरीले कुनै हलचल नगरेपछि उनले समातेर झकझक्याए। आत्तिदै पत्नीकहाँ पुगेर देव चिच्याए, 'छोरीलाई के भयो, तुरुन्त कोठामा आऊ।’ होस्टेलमा बस्ने विद्यार्थीहरु पनि हत्तारिँदै उनको कोठामा पसे। सानी छोरीलाई हातमा लिँदै देव र शान्ति रुवाबासी गर्न थाले। यो घटनाले एकाएक माहोल अर्कै भइदियो।

टुप्लुक्क त्यही बेला घर मालिक बसिम आइपुगे। होस्टेलमा काम सुरु गर्नुअघि मालिकसँग देवले परिचय दिँदा आफ्नो नाम दीपक भनेर बताएका थिए। बोलाउन सजिलो होस् भनेर उनले नयाँ नाम बताएका थिए। बसिमले सबै कुरा थाहा पाएझैं गरेर देवलाई भने, 'दीपक, यार लड्की (लक्ष्मी) को सास लिनेमा थोडा तकलिफ हे। हस्पिटल ले चल्ते हेँ (बच्चीलाई सास फेर्न गाह्रो भयो। हस्पिटल लैजाऔं न)।'  

देवको हातबाट खोसेर छोरी लक्ष्मीलाई हस्पिटलसम्म उनै बसिमले पुर्‍याए। जाने बेला भने दुवै जना सँगै हस्पिटल गए। वालिया नर्सिङ एन्ड म्याटरनिटी होमका डाक्टरले त्यहाँ पुगेको केही बेरमा लक्ष्मीको मृत्यु भइसकेको घोषणा गरिदिए। मृत्यु त पहिल्यै भइसकेको थियो। त्यसमाथि डाक्टरले औपचारिक रुपमा घोषणा गरिसकेपछि त पत्याउन करै लाग्यो। 

डाक्टरको कुराले देव गहिरो चोटमा परे। 

मृत्युको घोषणा गर्नुअघि 'बच्चीलाई के बिराम थियो कि?' भनेर डाक्टरले सोधेका थिए।

‘त्यस्तो बिरामी केही थिएन। बिहानसम्म सबै ठिकठाक थियो,’ देवले जवाफ दिए। शंकाको आसय राखेर डाक्टरले सुनाए, ‘यो मर्डर केस पनि हुन सक्छ। यसमा त पुलिस केस लाग्छ।’

नयाँ दिल्लीको राणा प्रतापबागस्थित उनले आश्रय लिइरहेको एकतले घरको बस्न पनि असहज लाग्ने सानो कोठामा कुराकानी गरिरहँदा देव निकै भावुक मुद्रामा थिए। त्यो दिनको घटना सम्झिँदै देवले बेलिविस्तार लगाए।  

पीडित चँदारा दम्पती आफ्नो कोठामा

आफै फस्ने डरले हो वा आफ्नो गल्ती ढाकछोप गर्ने उद्देश्यले बसिम आफैले तुरुन्त प्रहरीलाई फोन गरे। पुलिसले मृतक लक्ष्मीको पोस्टमार्टम गर्नुपर्ने बताए। समय अभावले त्यो दिन पोस्टमार्टम हुन सकेन। भोलिपल्ट प्रहरीको ठूलो जत्था एकाएक होस्टेल आएर घेर्‍यो। र, घटना भएको दिनको सिसिटिभी फुटेज माग्यो। 

फुटेज हेर्दै गएपछि होस्टेल सञ्चालक बसिमले नै हत्या गरेको प्रमाणित भयो। र, उनी तुरुन्त पक्राउ परे। 

यतिखेर ९ वर्षीया लक्ष्मीका हत्यारा बसिम थुनामा छन्। ‘बलात्कारको प्रयास गर्दा नमानेपछि आफूले हत्या गरेको’ बसिमले स्वीकारिसकेका छन्। हत्या र बलात्कारको दुवै मुद्दा लागेर थुनामा रहेका बसिमले घाँटीमा औंला अड्काएको छाप र बलात्कार गर्ने प्रयासमा गुप्तांग वरपर चोट बनाएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। 

बिचल्लीमा चँदारा वरिवार
नयाँ दिल्ली प्रहरीले लक्ष्मीका हत्यारा बसिमलाई पक्राउ गरेपछि उनका सबै पिजी (होस्टेल) मा छापा मारेर बन्द गराएको छ। 

रोजगारीका लागी भारत पसेका देव र उनको परिवार यतिबेला बिचल्लीमा परेको छ। न खानको टुंगो छ, न बस्नको। यतिबेला अर्कैको कोठामा उनीहरु आश्रय लिइरहेका छन्। ९ वर्षकी कलिली छोरी गुमाउनुको पीडा त एकातिर छँदैछ, अर्कोतिर रोजीरोटीको माध्यम पनि ठप्प बन्द भएको छ। 

‘हामीलाई जसरी हुन्छ, न्याय चाहियो,’ भोक र निद्रा हराएपछि मृतक लक्ष्मीकी आमा शान्तिले रुँदै बिलौना गरिन्, ‘एकातिर छोरी गुमायौं। गरिखाने बाटो पनि गुम्यो।'

चँदारा परिवार

मेरुदण्डको हड्डी टुटेपछि उनी आफै पनि उपचार गराइरहेकी छिन्। उपचार गर्न, औषधि किन्नसमेत ऋण लिनुपरेको छ। बाजुरामा बस्ने छोरालाई पनि नयाँ दिल्लीमै बोलाएपछि यतिखेर ३ छोरा र सानी एक छोरीसँगै बस्दै आएका छन्। भारत सरकारबाट क्षतिपूर्ति दिलाइदिने आश्वासन पाए पनि अझै चँदारा दम्पतीले क्षतिपूर्ति पाइसकेका छैनन्। 

भारत सरकारबाट क्षतिपूर्ति पाउनका लागि चँदारा दम्पतीलाई केही प्राविधिक कठिनाइ छ। भारतीय बैंकमा आफ्नै निजी खाता भएपछि मात्र त्यसैमा रकम जम्मा गरिदिने प्रचलन छ। बैंक खाता खोल्नका लागि भारतको आधार कार्ड हुनुपर्छ। आधार कार्ड पाउन उनीहरुको मापदण्ड पुग्दैन। भारतीय प्रहरीबाट रिपोर्ट बनाएपछि बैंकमा खाता खोल्न सकिने भए पनि चँदारा दम्पती आफै दौडधुप गर्न सकिरहेका छैनन्। 

लक्ष्मीको हत्या भएपछि भारतस्थित नेपाली संघ, संगठनहरुले न्यायका लागि नेपाली राजदूतावासलाई गुहारेका छन्। नेपालीहरुकै सहयोगमा भारतको प्रहरीसमक्ष मुद्दा दर्तासमेत भइसकेको छ। नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्रबहादुर सिंह र अधिवक्ता रतन शाही पीडितको न्यायका लागि खटिरहेका छन्। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले पनि यस घटनामा पीडितलाई न्याय दिन पहल गरिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित... मंगलबार, भदौ १६, २०८३
धरौटीको असर, अमेरिकाको भिजिट भिसा पाउने नेपालीको संख्या ९६ प्रतिशतले घट्यो धरौटीको नियम लागु हुनु अगाडि जनवरीमा ८०९, डिसेम्बर २०२५ मा ७६५, नोभेम्बर २०२५ मा ७७४ र अक्टोबर २०२५ मा १००६ जना गरी मासिक औसतमा करिब... आइतबार, भदौ ७, २०८३
जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि भएको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्