काठमाडौं– विवाह गर्छु भन्दै फकाएर बालिका बलात्कार गर्ने एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१८ का सुमन खड्का छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनीविरुद्ध उच्च अदालत पाटनले २०७१ कात्तिक १० गते बलात्कार मुद्दामा ४ वर्ष ५ महिना १ दिन कैदको फैसला सुनाएको थियो।
उनले आर्थिक अवूथा कमजोर भउकी एक बालिकालाई विवाह गर्छु भन्दै फकाएर पटक पटक बलात्कार गरेका थिए। २०६९ जेठ ६ गते दिउँसो आफ्नै घरमा समेत ती बालिकालाई बलात्कार गरेपछि पीडित
बालिकाका आफन्तले प्रहरीले उजुरी दिएका थिए। सोही मुद्दामा उनलाईले दोषी ठहर गर्दै फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।