२१ प्रतिशत लाभांश दिने एनआइसी एसिया बैंकको घोषणा

नेपाल लाइभ | २०७६ भदौ ११ बुधबार | Wednesday, August 28, 2019 २१:११:०० मा प्रकाशित

काठमाडौं- एनआइसी एसिया बैंकले २१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई लाभांश दिन लागेको हो। 

बैंकको संचालक समितिको बैठकले १ अर्ब ८५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकले यो मूल्य बराबरको १० प्रतिशत सेयर बोनस दिनेछ।

यसका साथै सोही रकमबाट नै ११ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने जानकारी दिएको छ। 

गत आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी ३४ दशमलव २२ रुपैयाँ रहेको थियो। 

२९७ शाखा भएको बैंकमा १८ लाख भन्दा बढी ग्राहक रहेका छन्।