• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

युरोनियम सपनाको नेपाली इतिहास

64x64
नेपाल लाइभ आइतबार, भदौ १५, २०७६  १३:४८
1140x725

अत्यन्तै बहुमूल्य धातु युरेनियम नै आणविक भट्टीहरुको लागि कच्चा पदार्थ हो। आणविक हतियार, उर्जा उत्पादन र चिकित्सा विज्ञानमा यसको प्रयोग बढ्दै आएको पाइन्छ।

पोल्याण्डकी वैज्ञानिक म्याडम क्युरीले युरेनियमबाट नै रेडियम बनाएकी थिइन्। खानीबाट प्रशोधन गरेपछि युरेनियमलाई पहेंलो केक (एल्लो केक)को रुपमा तयार पारिन्छ। वैज्ञानिक रुपमा दुई प्रकारका युरेनियम पाइन्छन्– युरेनियम २३८ र युरोनियम २३५।
प्राकृतिक रुपमा पाइने युरेनियम २३८ लाई आणविक प्रशोधन केन्द्रमा प्रशोधन गरी युरेनियम २३५ नामको पहेंलो केक (एल्लो केक)को रुपमा तयार पारिन्छ।

तीन लाख टन कोइला बाल्दा आउने विद्युत शक्ति सिर्फ एक किलो युरेनियम २३५ बाट प्राप्त हुने रहेछ। एक किलो युरेनियम २३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा प्राप्त हुने रहेछ। त्यसैले चुहावटको जोखिम भएता पनि जलविद्युतभन्दा आणविक भट्टीतिर विश्वको आकर्षण बढेको पाइन्छ।

अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइट –एनबीएल डट डिओइ डट जिओभी अनुसार १० ग्राम शुद्ध युरेनियम (युरेनियम २३५) को विश्व बजारमा २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ। यस अनुसार एक किलोको मोल २० करोड ९ लाख अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) पर्छ। सुनको मोलभन्दा ४ हजार ५ सय गुणा बढी पर्छ।

तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले मुस्ताङमा युरेनियम रहेको सूचना सार्वजनिक गर्नुभएको ६ वर्षपछि सरकारले पत्ता लगायो। २०७३ असार १३ र १४ मा युरेनियम खानी क्षेत्रमा खानी विभागका प्राविधिकसँग तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे आफैं पुगेका थिए। खानी तथा भूगर्भ विभागको टोलीले हिमाली र विकट मुस्ताङ जिल्लामा प्राकृतिक रुपमा युरेनियम, नुन, पेट्रोल र कोइला खानी रहेको पुष्टि गरेको छ।

टोलीले हालसम्म सरकारी तथा गैरसरकारी निकायबाट भएका अनुसन्धान ठीक भएको पुष्टि गरेको छ। तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले उक्त कुरा पुष्टि गरेको हो।

मुस्ताङको युरेनियमले देशलाई वर्षमा १० खर्बको आम्दानी दिने आफ्नो सोझो अनुमान रहेको कुरा मन्त्री पाण्डेले बताउनुभएको थियो। उहाँले युरेनियमजस्ता धेरै खर्च र महंगो प्रविधि प्रयोग गर्नुपर्ने खनिजका विषयमा अनुसन्धानका सबै तयारी पूरा गरेर मात्रै उत्खननको काम थालिने बताउनुभएको थियो।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक हिफजुर रहमानले मुस्ताङको लोमान्थाङ क्षेत्रमा ठूलो परिमाणको युरेनियम खानी फेला परेको बताएका थिए। एक साताको अध्ययनबाट १० किमी लम्बाइ र ३ किमी चौडाइमा युरोनियम पाइएको थियो। रहमानकै नेतृत्वमा सिनियर डिभिजन इन्जिनियर धर्मराज खड्का, भूगर्भविद् नरेश महर्जनसहितको टोलीले अध्ययन गरेको थियो। भारतीय वैज्ञानिकले भने ६५ वर्ग किमी युरोनियम फैलिएको बताएका श्रेष्ठको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

चट्टानबाट एक किसिमको किरण निस्किरहेको हुन्छ। जसलाई गामा–रे भनिन्छ। त्यसलाई मिन्टिलेसन काउण्टर नामको मेसिनले रेकर्ड गरेर विभागले युरेनियम खानीको प्रारम्भिक संकेत पाएको हो। सो अध्ययन प्रारम्भिक चरणको भएकाले कति परिमाणमा, कति गुणस्तरीय छ भन्ने थाहा हुन नसकेको भन्ने रहमानको भनाइ थियो। ठूलो क्षेत्रफलमा रहेकाले धेरै सम्भावना रहेको उहाँको भनाइ थियो।

नेपालमा सन् १९८० को दशकदेखि नै युरेनियमको अन्वेषणको काम भएको थियो। उल्लेखनीय प्रगति भने हुन सकेको थिएन। मकवानपुरको तीन भंगाले, बैतडी, बझाङको बगाबगर बागकोटमा पनि युरेनियम खानीको संकेत पाइएको थियो।

नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्र भएकाले यहाँ युरेनियमको प्रशोधन, भण्डारण र प्रयोग जोखिमपूर्ण हुन सक्छ। उत्खनन गर्दा पनि वातावरणमा विशेष ध्यान दिनुपर्ने हुन्छ।  

सरकार आफैंले गर्ने कि निजी क्षेत्रलाई दिने वा विदेशी सहयोग लिने भन्ने निर्णय सरकारले गर्नुपर्ने हुन्छ। विशेष प्रविधि, विज्ञ र धेरै लगानी आवश्यक हुने भएकाले सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने विज्ञको भनाइ रहेको पाइन्छ। 

लोमान्थाङमा युरेनियम खानी पत्ता लागेको प्रतिवेदन आफ्ना दलका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले दिएपछि प्रधानमन्त्री केपी ओली सरकारका उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, भीम रावल, टोपबहादुर रायमाझीसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सडक निरीक्षण तथा कोरला नाकाको अवलोकन र वस्तुस्थिति अध्ययन गर्ने निहुँमा २०७३ असार २३ गते एकै दिनसँगै अकस्मात मुस्ताङको चिनियाँ सीमा क्षेत्र कोरला र खानीक्षेत्र लोमान्थाङ पुगेका थिए।

सरकारले उच्च प्राथमिकतामा राखेको कोरला नाका पुग्ने सडक मार्ग, सुरक्षा र भन्सार कार्यालय व्यवस्थापन लगायतका विषयमा स्थलगत अनुगमन गर्न टोली सीमाक्षेत्र पुगेको भनियो।

कोरला नाका क्षेत्रमा एकै पटक तीन उपप्रधानमन्त्रीले भ्रमण गरेको त्यो नै पहिलो पटक थियो। उनीहरुको त्यहाँ जानुको उद्देश्य पनि युरेनियम नै हुनुपर्दछ।

एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा चीनले मुस्ताङ जिल्लाको चिनियाँ सीमादेखि बागलुङसम्म मोटर बाटो बनाई दिने सहमति भएको खबर आएको थियो। तर त्यो त्यत्तिकै सेलायो। कार्यान्वयनमा आएन। उत्तरी सीमामा मोटरको पहुँचमा कोदारी राजमार्ग देखिनै दक्षिणको अनिच्छा सार्वजनिक हुने गरेकै छ। यस्तै असर यो सडकमा पनि परेको हुनसक्छ। युरेनियम खानीकै कारणले सडक नबन्नमा उत्तर दक्षिणको कूटनीतिक चासो र चाल चलेको हुन सक्दछ।

एमालेले २०७४ को स्थानीय चुनाव घोषणपत्रमा मुस्ताङको युरेनियम र दैलेखको पेट्रोलियम उत्खनन् गरिने भनेको छ। त्यतिबेला केपी ओली नेतृत्वको सरकारको पालामा सम्भाव्यता अध्ययनपछि रोकिएको मुस्ताङको बहुमूल्य युरेनियम खानी उत्खनन् गर्ने भनी प्रतिवद्धता जनाएको पाइन्छ। माथिल्लो मुस्ताङमा रहेको युरेनियम उत्खनन् गरेर ‘एल्लो केक’ निर्माण गरी त्यसलाई विदेश निर्यात गर्न सकिन्छ। बहुमूल्य युरेनियम उत्खनन् तथा प्रशोधन केन्द्र मुस्ताङमा खोलिने घोषणापत्रमा परेको छ।   

अहिले उनै प्रधानमन्त्री ओलीकै पालामा मुस्ताङको युरेनियम खानीलाई मध्यनजर गरेर आणविक विधेयक पेश भइरहेको छ। संसदीय समितिमा आणविक विधेयकको पक्षमा उनै सांसद सोमप्रसाद पाण्डेले युरेनियम उत्खनन् र प्रशोधनका पक्षमा कुरा उठाइरहेका छन्। दैलेखको पेट्रोलियम अन्वेषणको लागि चिनियाँ विज्ञहरुबाट काम सुरु गराइएको छ। 

युरेनियमको बहुमूल्य र दुर्लभता बुझेर नै हाम्रा तीन उपप्रधान मन्त्री र पूर्व प्रधानमन्त्री नै खानी क्षेत्र पुगे। तत्कालीन एमालेले स्थानीय चुनाव घोषणापत्रमै युरेनियम उत्खनन गर्ने भन्यो।

अब घर झगडामा रल्लिएन भने पारमाणविक सम्बन्धी विधेयक उचित संशोधन सहित पारित हुनेछ।

दुई तिहाइको सरकारले युरेनियम उत्खनन् र बिक्री मार्फत देशमा समृद्धिको ढोका कसरी र कहिले खुलाउला भन्नेचाहिँ प्रतीक्षाकै विषय हो।

यो पनि पढ्नुहोस्–  समृद्धिको सपनामा युरोनियमको चर्चा

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते
ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन
कोशीमा भारी वर्षाको चेतावनी
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन शनिबार, असार १३, २०८३
कोशीमा भारी वर्षाको चेतावनी शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्